Saturday, September 8, 2012

कांग्रेस-एमालेलाई प्रचण्डको डर छः प्रचण्ड

२३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले कांग्रेस-एमालेलाई माओवादी रप्रचण्डको डर रहेको बताउनु भएको छ

बासु स्मृति दिवसको अबसरमा गोरखाको आँपपिपलमा शनिबार आयोजित कार्यक्रममा
प्रचण्डले कांग्रेस र एमालेलाई शंकाले लंका नजलाउनर सहमतिमा आउन आग्रह
गर्नुभयो । 'कांग्रेस र एमालेलाई माओवादी र प्रचण्डको डर छ । अहिले
लर्‍याङमर्‍याङ गरेर संविधानसभा पुनःस्थापनामा सहमति गरिहाल्छ, पछि
सभासदहरुले मानेनन भने फेरि आफ्नै कुरा लाद्छ भन्ने उहाँहरुलाई लाग्या छ'
उहाँले भन्नुभयो-'कांग्रेस-एमाले शीर्ष नेताहरुलाई म आग्रह गर्न चाहन्छु,
शंकाले लंका नजलाउनुस् ।'
उहाँको भदौभित्र निकास निकाल्ने गरी आफूले मार्गचित्र प्रस्तुत गरेपनि
कांग्रेस र एमालेले आलटाल गरेको आरोप लगाउनु भयो । कांग्रेस नेताहरु
पार्टीको आन्तरिक काममा देश दौडाहमा लाग्दा पनि गतिरोध अन्त्यको प्रयासमा
जारी छलफल प्रभावितभएको उहाँको भनाई थियो ।
माओवादी अध्यक्ष प्रचण्डले माओवादीले ३०/४० वर्ष शासन गर्न भन्ने डरले
कांग्रेस र एमालेका कट्टर नेताहरुले संविधान जारी गर्न नदिएको बताउनु भयो
। 'संविधान बनेको भए माओवादीले ३०-४० लगतार जित्छ भन्ने डर कांग्रेस र
एमाले थियो'उहाँले भन्नुभयो-'माओवादीकै नेतृत्वमा संविधान घोषणा भए
प्रचण्डलाई राष्ट्रपति बन्नबाट रोक्न नसकिने डरसमेतउनीहरुमा थियो ।'
प्रचण्डले अहिले सरकारको कारणले नभइ दलहरुबीचको असहमतिका कारण मुलुकमा
अन्योल छाएको बताउनु भयो ।

No comments:

Post a Comment