Monday, June 25, 2012

प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्कँदै

काठमाडौं, असार ११ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दLगो विकाससम्बन्धी राष्ट्रसंघLय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी भई सोमबारदिउँसो स्वदेश फर्कदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी जेट एयरवेजमा पउने तीन बजे काठमाडौं आइपुग्नेछन्।
बुधबारबाट सुरु भएको सम्मेलनलाई सोही प्रधानमन्त्री भट्टराईले सम्बोधन गरेका थिए। तीन दिने सम्मेलनको दोस्रो दिन उनले अल्पविकसित राष्ट्र समूह र हिमाली देशहरुको समुहलाई सम्बोधन गरेका थिए।
रियो दि जेनेरियोमा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो, भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज, नर्वेका प्रधानमन्त्री जिन्स स्टोल्टनवर्ग, अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलाड्स लगायतसँग द्विपक्षीय वार्ता गरेका थिए।
प्रतिपक्षि दलहरुको विरोधका बावजुद प्रधानमन्त्री भट्टराई ३२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार ब्राजिल प्रस्थान गरेका थिए।

No comments:

Post a Comment