Sunday, June 24, 2012

मलेसियालाई २४८ रनको लक्ष्य

काठमाडौँ, असार १० (नागरिक)- मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपको आजको खेलमा नेपालले मलेसियालाई २४८ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४७ रन बनाएको हो।
टस जितेर ब्याटिङ रोजेको नेपालको इनिङमा सागर पुनले ४ चौका र ३ छक्कासहित ७० रन बनाए। त्यसैगरी राजेश पुलामी मगर र प्रदीप ऐरी ३९-३९ रन बनाए। त्यसैगरी सुवास खकुरेलले ३३ रन, भुवन कार्कीले २३ र हसिम अन्सारीले २१ रन बनाए।
अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ।

No comments:

Post a Comment