Monday, May 21, 2012

बन्दले दोस्रो दिन पनि देश ठप्प, ललितपुरमा झडप/ekantipur report

काठमाडौ, जेष्ठ ८ - आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रोदिन सोमबार आइतबार राजधानी लगायत मुलुकभरको जनजीवन ठप्पभएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै गरिएको बन्दमा बिहानैदेखि यातायात, व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था, उद्योग कलकारखाना र बजार पूर्णरूपमाबन्द भएका छन् । प्रदर्शनकारीले ठाउँ-ठाउँमानारा जुलुस गरेका छन् ।
तराई क्षेत्रमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका साथै थारू संयुक्त संघर्ष समिति, बृहत् मधेसी मोर्चा र मुस्लिम संघर्ष गठबन्धन गरी चार थरीले बन्दको आह्वान गरेका छन् ।
ललितपुरको इमाडोलमा झडप
ललितपुरको इमाडोलमा बन्दकर्ता र स्थानीयबीच भएकोझडपका कारण त्यस क्षेत्रमा तनाव बढेको छ । दुवैपक्षबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले हस्तक्षेप गरी दुवैपक्षलाई दुई तिर पुर्‍याएको छ । बन्द गराउँदै हिडेका समूहसंग स्थानीयले प्रतिवाद गरेपछि त्यहाँ स्थिति तनावपूर्ण भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले ईकान्तिपुरलाई बताए । उनले अहिले स्थिति सामान्य बन्दै गएको जनाए ।
प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई दुई तिर पुर्‍याएको छ । त्यसक्रममा प्रहरीले २/३ राउण्ड अश्रृग्यास र लाठी प्रहार गरेको थियो । दुवै पक्षका केही व्यक्ति घाइते समेत भएका छन् । अहिले बन्दकर्ता ग्वार्को चोकमा र स्थानीयबासी इमाडोल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । दुवै प्रदर्शनको बीचमा प्रहरीको उपस्थिति छ ।
पोखरा पनि ठप्प
लालप्रसाद शर्मा
पोखरा ८ जेठ– आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा आब्हान गरिएको ७२ घन्टे नेपाल बन्दको दोस्रो दिन आज पनि पोखरा पुरै बन्द भएको छ । आन्दोलनकारीहरु बिहानैदेखि विभिन्न चोकचोकमा बसेका छन ।
बन्दका कारण बजार पुरै बन्द छ। सर्वसाधारण पैदलै गन्तब्यतर्फ हिडीरहेका छन । खानेपानी, सुरक्षाकर्मी, एम्बुलेन्सलगायतका अत्यावस्यक सवारी साधन चलिरहेका छन । तर हिजो प्रेसमाथि राजधानीमा भएको आक्रमणले संचारकर्मीले आफ्नो साधन निकै कममात्रामा प्रयोग गरिरहेका छन ।
बन्दले पर्वतको जनजीवन प्रभावित
विमल खतिवडा
पर्वत ,जेठ ८ ।
आदीवासी जनजाती संयुक्त संघर्ष समितिले आह्वान गरेकोबन्दको दोश्रो दिन सोमवार पनि विहानैबाट पर्वत जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताले विहानैबाट बजार पसल बन्द गराउंदै हिंडेका छन् । ठाउं ठाउंमा बसेर बन्दकर्ताले सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएका छन् । त्यस्तै पर्वतको शिवालय चोकस्थित पोखरा–बागलुङ राजमार्गमा बसेर प्रर्दशन गरी रहेका छन् ।
११ प्रदेशको विरोधमा आह्वान गरिएको बन्दले बजार पसल खुल्न सकेका छैनन भने यातायातका साधन पनि चल्न सकेका छैनन । गाउ“–गाउ“बाट आएका बन्दकर्ताले गएराती अबेर सम्म बसेर बजारमा प्रर्दशन गरेका थिए । सुरक्षाकर्मी भने बजारमा बाक्लो रुपमा परिचालन गरिएकोछ ।
बन्दले लुम्बिनी अञ्चल अस्पतालमा सल्यक्रिया सेवा बन्द
अमृता अनमोल
बुटवल : लगातार १२ दिनदेखिको बन्दले प्रभावीत पश्चिम नेपालकै ठूलो सरकारी अस्पताल गरेको छ ।
सल्यक्रियाकालागि अनिवार्य चाहिने अक्सीजन ग्यासको अभावभएपछि अस्पतालले आजदेखि सल्यक्रिया सेवा बन्द गरेको हो । दैनिक १५ बढी ग्यास खपत हुने अस्पतालमा अब १२ वटा अक्सीजन ग्यास मात्र बांकी छन् । सेवा प्रभावीत भएपछि बन्दकर्ताहरुलाई पटक पटक अक्सीजन ग्यास ल्याउन दिन आग्रह गरेपनि सम्भव नभएपछि सेवा नै बन्द गर्नु परेको अस्पतालले जनाएको छ । संचीत औषधी सकीदै गएकाले यस्तै बन्द जारी रहे औषधी अभावले पनि अन्य सेवाहरु बन्द गर्नुपर्ने अवस्था आउने अस्पतालले जनाएको छ । सरकारी अस्पतालसंगै यहांका अन्य नीजी अस्पताल र नर्सीड. होमले पनि ग्यास अभावले सल्यक्रियागर्नुपर्ने बिरामीको उपचार सेवा प्रभावीत भएको बताएका छन् ।
बन्दको १२ औ दिन आज रुपन्देहीको जनजीवन थप कष्टकर
अमृता अनमोल
बुटवल : छुट्टाछुट्टै समूहले गरेको बन्द र प्रद्धर्शनका कारण बन्दको १२ औ दिन आज रुपन्देहीको जनजीवन थप कष्टकर बनेको छ ।
छुट्टाछुट्टै समूहले बिहानैदेखि नाराजुलुससहित लठ्ठी दिएर प्रद्धर्शन थालेपछि रुपन्देहीको बुटवल, मुर्गीया, भैरहवा, देवदह, मणीग्राम , सालझण्डी लगायतका बजार बिहानैदेखि तनावग्रस्त बनेका हुन् । जिल्लाका पुर्वपश्चिम राजमार्ग ,उत्तरदक्षिण सिद्धार्थ राजमार्ग, हुलाकी तथा भीत्री माग सबैमा सवारी ठप्प छन् । बन्दकर्ताहरुले दूधका गाडीहरु पनि चल्न दिएका छैनन् । बजार,व्यापारिक प्रतिष्ठान, उद्योग,कार्यालयसमेत खुल्न सकेका छैनन् । जतिय राज्यको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समिति,थरुहट प्रदेशको माग सहित थरुहट संघर्ष समिति र स्वायक्त मधेशको माग गर्दै वृहत मधेशी मोर्चाले बन्दको आव्हान गरेका छन् । प्रदर्शनमा हुन सक्ने झडप रोक्न रुपन्देही प्रशाशनले बजार क्षेत्रका प्रत्येक प्रद्धर्शन र आसपासमा व्यापक प्रहरी परिचालन गरेको जनाएको छ ।
छैटौं दिन पनि बन्द जारी
रमेशचन्द्र अधिकारी
धनकुटा : लगातार सोमवार छैटौं दिनसम्मको बन्दका कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रादेशिक राज्यको राजधानी माग राख्दै गरिएको बन्दसंगै पुनः हिजोदेखि जातिय पहिचान सहितको राज्यको माग राख्दै नेपाल आदीबासी जनजाती महासंघसहित संयुक्त जातिय मोर्चालेबन्द आव्हान गरेपछि त्यहा“को जनजीवन कष्टप्रद बनेको हो ।
बिहानैदेखि कोसी राजमार्गकोधरान धनकुटा सडक खण्डमा यातायात साधन चलेको छैन । बजार पसल, शिक्षण संस्था, कलकारखाना तथा वित्तिय संस्था समेत बन्द छन् ।
बन्दले लाखौं मुल्यको तरकारी नष्ट
रमेशचन्द्र अधिकारी
धनकुटा : लगातारको ६ दिनसम्मको बन्दका कारण निर्यात हुन नसक्दा धनकुटामालाखौं मुल्य बराबरको तरकारी नष्ट भएको छ ।
जिल्लाको मुर्तिढुंगा, सिधुवा लगायतका स्थानमा उत्पादित करिब दश लाख बढीको फुलकोभी नष्ट भएको छ । यस मौसमको मुख्य तरकारी बाली फुलकोभी हो ।
सिधुवा सहकारीमा दैनिक दुइ लाख बढीको तरकारी नष्ट हुने गरेको छ । हाल दैनिक १५ टन बढी फुलकोभी ढुवानी अभावमा नष्ट हुने गरेको सहकारी स्रोतले जनाएको छ । यस्तै लाखौं मुल्य बराबरको तरकारी बारीमा नै नष्ट हुने गरेको सहकारीका व्यवस्थापक मेघेन्द्र गुरुङले जानकारी दिए ।
यसैगरी मुर्तिढुंगा २,३ र ५ का ५० कृषकले उत्पादन गरेको फुलकोभी दैनिक डेढ लाख बराबरको नष्ट हुने गरेको सिद्धकाली सहकारी संस्थाका व्यवस्थापक लालुसिं महताराले जानकारी दिए । कृषकले उत्पादन गरेको तरकारीसंकलन गर्दै आएको उक्त सहकारीले हालसम्म ७ लाख बराबरको तरकारी नष्ट भएको महताराले बताए ।
आमहड्तालको दोस्रो दिन पनि पाल्पा ठप्पै माधब अर्याल पाल्पा– नामांकन र सिमांकन विनाको ११ प्रदेश अमान्य हुने भन्दै आदिवासी जनजातिलेगरेको तीन दिने बन्दको दोस्रो दिन पनि पाल्पा ठप्पै भएको छ । निजी तथा सार्वजनिक सवारीका साधन नचल्दा र बजार पसल नखुल्दा पाल्पाको जनजीवनथप प्रभावित भएको छ । नेपाल मगर संघ, नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्È समितिको आह्वानमा सोमवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर निजी तथा सार्वजनिक सवारी साधन चल्न दिएका छैनन् । निजी तथा सार्वजनिक यातायात, शैÔिक संस्था, कलकारखानाहरु ठप्प भएका छन् । सिद्धार्थ राजमार्ग र तानसेनदेखि गुल्मी, अर्घाखांची जाने सडकमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बन्दले सवारी साधन नचल्दा कामकाजीहरु हिंडेरै गन्तव्य तर्फ गइरहेका छन् । आदिवासी जनजाति संविधानसभाको राज्य पुनसंर्रचना समिति तथा राज्यपुनसंर्रचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनसंर्रचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण्ँ हुनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन् । ‘कालीगण्डकी स्वायत्त प्रदेश’ माग
माधब अर्याल
पाल्पा – कालीगण्डकीबेंसीमा बसोवास गर्ने समुदायले बिशेषअधिकारसहितको स्वायत्त कालीगण्डकी प्रदेश घोषणा गर्न माग गरेका छन् । सदियौंदेखि राज्यद्वारा उत्पीडित र उपेक्षित कालीगण्डकी वेसीबासीलाई उत्पीडिनबाट हटाउन स्वायत्त प्रदेश दिनुपर्ने माग गरेको हो । कालीगण्डकी बेसीबासीको नेतृत्व गर्दै पाल्पाको पुर्व रामपुरमा दिनहु“ प्रदर्शन गरिएको छ । रोल्पा, रुकुम गईदैन, कालीगण्डकी प्रदेश छुट्टै देउ जस्ता नारा लगाउँदै रामपुरको बेझाडमा र्याली, जुलुस, आमसभा,सद्भाव र्याली निकालेका हुन्। बृहत कालीगण्डकी स्वायत्त प्रदेश आन्दोलन तदर्थ समितिका संयोजक छवि खनालले पाल्पाको पुर्व, तनहु“को पश्चिम, नवलपरासीको उत्तर, स्याङ्गजाको दक्षिणका केी गाविस समेटेर कालीगण्डकी बगेको भेग समेट्नुपर्ने बताए। सिमांङ्कनका विषयमा भने कालीगण्डकी बगेको क्ष्ँेत्रलाई समेटिनुपर्ने र त्यस्तै प्रकृतिको भूगोल, संस्कृति, मनोविज्ञान, आर्थिकजीवन भएका क्ष्ँेत्रलाई प्रदेशमा समेट्न सकिने रामपुरका अगुवातथा नेपाली कांग्रेसका नेता तिर्थ पंगेनीले बताए । पुर्वी पाल्पाका राजनीतिक दल, नागरिक अगुवा, संघसंस्थाका प्रतिनिधी लगायतको भेलाले संघर्ष समितिगठन गरेको छ । समितिले आफ्ना मागप्रति राज्य र दलहरु गम्भीर हुन माग समेत गरेका छन् । दलहरुले घोषणा गरेको ११ प्रदेशप्रति असहमति रहेको समितिले जनाएको छ । ‘मगरात स्वायत्त प्रदेश’ माग पाल्पा–मगराँत स्वायत्त प्रदेशको माग गर्दै पाल्पाका आदिवासी जनजातिहरुले मुलुकको अन्यत्र जिल्ला र स्थानमा भन्दा पृथक ढंगले आफनो आन्दोलनलाई अगाडि बढाएका छन्। पाल्पाका आदिवासी जनजातिहरुले आफनो साँस्कृतिक मनोरञ्जनबाट शान्तिपुर्वक बन्द आयोजना गरेका छन् । मगरी संस्कृतिमा आधारित सालैजो, झयाउरे लगायतका गीत र नाचगान प्रस्तुतिले आफ्नो बन्द कार्यक्रमलाई सफल बनाएका हुन् । नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त घर्तिमगरले पाल्पाली आदिवासी जनजातिहरुले शान्तिपुर्वक आन्दोलनलाई अगाडि बढाएकोमा आफुलाई गर्वको महसुस भएको बताए । उनले मगरात स्वायत्त प्रदेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । आदिवासी जनजातिहरुको साझा ऐजेण्डा र मागलाई सरकारले बेवास्ता गरि संविधान ल्याउने जमर्को गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।
रसुवा ठप्प
कृष्ण थापा
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आव्ह्रान गरेको तीनदिने नेपाल बन्दको दोस्रो दिन सोमबार रसुवा पुरै बन्द भएको छ । आन्दोलनकारीले बिहानैदेखि नाराजुलुस सहित बजारका पसलहरु बन्द गराउँदै हिडेका थिए । नारा जुलुस सहित आएका बन्दकर्ताले ‘जातिय पहिचानकोआधारमा राज्यको पुनसंरचना हुनै पर्र्छ, प्रदेश संख्या घटाउन पाइदैन, हिमाल पहाड तराई मिलाएको भौगोलिक प्रदेशचाहिंदैन, संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र विरोधी मुर्दावाद’ जस्ता ३१ वटा नारा लगाउदै सदरमुकाम धुन्चे गोसाइकुण्ड शिवमन्दिरबाट स्वागतव्दारसम्म गई पुनः जनता बैक नजिक सडक किनारमा कोणसभा आयोजना गरेका थिए ।
कोण सभामा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक कार्साङतेम्पा तामाङ,तामाङ घेदुङका लामासाम्देन घले र तमु छोजधिंका अध्यक्ष भक्तबहादुर गुरुङले कोणसभामा सम्बोधन गरेका थिए । बन्दकर्ताले रसुवाका सम्पूर्ण निजी तथा सामुदायिकविद्यालय र कलकारखाना बन्द गराएका छन् । रसुवाको कालिस्थान, घुम्ती, जिवजिवे, बेत्रावती, स्याफ्रु र थाम्बुचेत बजार पूर्णरुपमा बन्द गराएका छन् । सर्वसाधारणहरु पैदल गन्तव्य तर्फ हिडेका छन् । बन्दकर्ताले सुरक्षाकर्मी, पर्यटक, एम्बुलेन्स लगायतका अतिआवश्यक सवारी साधन चल्न दिइएको छ ।
आज पनि लामो र छोटो दुरीका सवारी साधन, साइकल र मोटरसाइकल समेत बन्दकर्ताले चलाउन दिएका छैन । बन्दकर्ताले होटल समेत बन्द गराएका छन् । पर्यटक ठाउ धुन्चेमा होटल समेत बन्द गर्न लगाएका छन् । हिजोका तुलनामा पर्यटकहरु आज न्यून छन् । बन्दले बैकिङ क्षेत्रपनि प्रभावित बनेको छ। बन्द कर्ताले बजार बन्द गराउने क्रममा जनता बैक र नेपाल बैक समेत बन्द गराएका छन् । तर बैकले बाहिर सटरबन्द गरेर सेवा दिइरहेको बताएपनि सेवाग्रही भने न्यून छ ।
डिल्लीराम खतिवडा
उदयपुर
विभिन्न समूहको पाँच दिने बन्दपछि दुई दिनयता जनजाति संयुक्त संघर्ष समितिले गरेकेा तीन दने बन्दको दोस्रो दिन जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सातायताको लगातारको बन्दले बजारमा औषधिको समेत अभाव भएको छ । सवारी साधन नचल्दा औषधि आयत गर्न नसकेकोले अभाव भएको सदमुका स्थित सूर्योदय हस्पिटलका निर्देशक दिपेन्द्रबहादुर कार्कीले बताए । सूर्योदयमात्रै होइन अन्य अस्पताल र किल्नीकमा समेत औषधि छैनन् । त्यसैगरी अक्शिजनको समेत कमी हँदै गएको हस्पिटलले जनाएको छ ।
बजारमा तरकारी र फलफूलको भाउ अकाशिएको छ । बन्दको अवसर पारेर व्यापारीले कृतिम अभावमा सृजना गरी मूल्य बढाउदाँ सोमबार बजारमा भ्याण्डी(रामतोरी) प्रति किलो १ सय रुपैया पुगेका स्थानीयले बताए । स्थानीय स्तरमा माग अनुसारको तरकारी उत्पादन नहुदाँ मूल्य अकाशिएको व्यापारी बताउछन् ।
बन्दका कारण लामो तथा छोटो दुरीको सवारी साधन नचल्दा सातादेखि कटारी, बेल्टार र सदरमुकाम गाईघाटमा पहाडी जिल्ला ओलढुगा, खोटाङ र भोजपुरबाट मुलुका विभिन्न भाग हिडेका हजारौ यात्रु अलपत्र परेका छन् । होटलहरुले ताजा तरकारी, मासु र अन्य खाद्यन्य अभावमा बासी नै भएपनि खाना खुवाउन बाध्य भएको जनाएका छन् ।
सरकारी कार्यलयमा सेवाग्राहीको संख्या उल्लेखनीय रुपमा घटेको छ । जसले गर्दा जताततै अन्योल सृजना भएको स्थानीयले बताए ।
ओखलढुंगा
जनजातिले आव्ह्रान गरेको बन्दको दोश्रो दिन सोमबार पनि ओखलढुंगा ठप्प भएको छ । सदरमुकाम लगायतका क्षेत्रमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने बजार पसल बन्द छन् ।
जिल्लाको मानेभन्ज्याङमा गाउँगाउँबाट आएका जनजाति समुदायले आफ्नो वेशभूषा सहितप्रदर्शन गरेका छन् । उनीहरुले सिद्धिचरण राजमार्गमा आवश्यकीय केही सवारी साधन बाहेक अन्यलाई गुड्न दिएका छैनन् । हजारौंको संख्यामा घण्टौं लगाएर मानेभन्ज्याङ आएका प्रदर्शनकारीको नेतृत्व स्थानीय मगर संघ, किरात राई विद्यार्थी संघ र जनजाति महासंघले गरेको छ ।

No comments:

Post a Comment