)
प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निश्कर्षविहीन टुङ्गिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। बैठकपछि नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले ८ वा १४ प्रदेशमा जान सकिने तर त्यसको नामाङ्कन र सीमाङ्कन भने रुपान्तरित संसदले गर्नुपर्ने अडानमा कुरा नमिलेपछि बैठक निश्कर्षविहीन भएको बताए। यसैबीचव्यवस्थापिका संसद र संविधान सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ। संविधान सभाको बैठक बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक साढे ११ बजे बस्ने भनिएको छ।
No comments:
Post a Comment