Thursday, May 24, 2012

गृहमन्त्री सिटौलाद्धारा राजीनाम

काठमाडौं, जेठ ११ । उप–प्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई राजीनामा बुझाउनुभएको छ । कांग्रेस महामन्त्री समेत रहेका सिटौलाले पार्टी सभापति शुसिल कोईराला मार्फत आज विहान राजीनामा पत्र बुझाएकाहुन् ।
गृहमन्त्री सिटौलाले नैतिकताका आधारमा आफु सरकारमा बस्न नमिल्ने भन्दै राजीनामा दिएको बताउनुभयो । सरकारले संविधान सभाको म्यादथप गर्न प्रस्ताव गरेपछि कोइरालाले त्यसको विरोध गर्दै सो निर्णय गरेको जनाइएको छ ।
सिटौलाले सरकारमा उप्रधान सहित रक्षा र कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको थियो । उहाँ सरकारमा गएको भने दुई हप्ता पनि बित्न पाएको छैन ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment