Monday, August 12, 2013

मंसिर ४ मा चुनाव नभए नेपालमा चुनावै हुँदैन : नेपाल

अर्जुन राजवंशी
२८ साउन, विराटनगर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी
मंसिर ४ गते निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभा निर्वाचन हुन
नसक्ने दावी गर्नु भएको छ । नेकपा एमाले प्रचार विभाग मोरङले सोमवार
विहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचित
सरकारबाट मुलुक चलाउनका लागि मंसिर ४ मा निर्वाचन हुनै पर्ने बताउनु
भयो ।
बाध्यतात्मक परिस्थितिमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु
परेको उल्लेख गर्दैउहाँले दलहरुको नेतृत्वमा देश सञ्चालन गर्न निर्वाचन
अपरिहार्य भएको बताउनु भयो । नेता नेपालले अन्तर्राष्ट्रिय समुदायको
सदिच्छा पनि मंसिर ४ मै निर्वाचन होस भन्ने रहेकाले पनि
दोस्रोसंविधानसभाको चुनाव सफततापूर्वक सम्पन्न गरी जनताको भावना अनुसार
संविधान निर्माणमा जुट्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले निर्वाचनको माहौल तयार गर्न समानुपातिक सिटसंख्या थप्न तथा मतदाता
नामावली पुनः दर्ता प्रक्रिया सञ्चालन गर्ने जानकारी दिनुभयो । अहिले
असन्तुष्ट दलहरुले विभिन्न माग राखेर निर्वाचनलाई असर गर्नु भन्दा पनि
निर्वाचन गराउनसहयोग गर्नुपर्ने नेपालको भनाई थियो । उहाँले मोहन वैद्य
नेतृत्वको मोर्चासंग छलफल र वार्ता भईरहेकोले चाँडै निष्कर्षमा पुग्ने
जानकारी समेत दिनु भयो । नेपालले भन्नुभयो,'आफ्ना असन्तुष्टिहरु धम्कीको
भाषा प्रयोग गर्नु हुँदैन। जनताको मन जितेर पुरा गर्नु पर्छ ।'

No comments:

Post a Comment