Monday, July 29, 2013

विद्युत् महसुलको न्युनतम २० युनिट सीमा हटाइने

१४ साउन, काठमाण्डौं । विद्युत महसुल निर्धारण आयोगले २० युनिटसम्म
विद्युत् खपत गर्ने साना ग्राहकको महसुल दर सीमा -फ्ल्याट रेट) हटाएर
खपतका आधारमा निर्धारण गर्ने भएको छ। एउटै दरमा महसुल लिँदा कम खपत गर्ने
साना ग्राहकलाई मर्का परेको भन्दै आयोगले फ्ल्याट दर खारेज गर्न लागेकोहो
। यसका लागि उसले सरोकारवालासँग छलफल थालेको छ ।
प्राधिकरणले २० युनिट विद्युत् खपत नगरे पनि साना ग्राहकबाट मासिक
न्यूनतम ८० रुपैयाँ महसुल उठाउँदै आएको छ। न्यूनतम ५ युनिट खपत गर्ने
ग्राहकले पनि प्राधिकरणलाई मासिक ८० रुपैयाँ बुझाउँदै आएका छन् । आयोगका
अनुसार औसत १३ युनिटसम्म विद्युत खपत हुने गरेको छ ।
'५ युनिट र २० युनिट खपत गर्ने ग्राहकलाई एउटै दर निर्धारण गर्दा
न्यायसंगत देखिएन' आयोगअध्यक्ष गणेशप्रसाद सुब्बाले भने, 'त्यसैले सीमा
हटाएर खपतका आधारमा निर्धारण गर्न लागिएको हो । प्रतियुनिट६ वा ७
रुपैयाँमध्ये एउटा दर निर्धारण गर्ने सोचाइ छ, सरोकारवालासँग छलफल गरेर
टुंगो लगाइनेछ ।'
प्राधिकरणका अनुसार १२ लाख १९हजार ४ सय ५९ ग्राहकले २० युनिटको सीमाभित्र
रहेर विद्युत् उपयोग गर्दै आएको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment