Monday, April 15, 2013

सुनको भाउ ह्वात्तै घट्यो

एकैदिन ३३ सय रुपैयाँ घट्यो
विष्णु पोखरेल, काठमाडौं, वैशाख २ - अन्तर्राष्ट्रिय बजारमा गत सातादेखि
सुनको भाउ ओरालो लागेपछि आज एकैदिन नेपाली बजारमा सुनको मूल्य ३३ सय
रुपैयाँ सस्तो भएको छ। गत शुक्रबार ५५ हजार ८ सय रुपैयाँ तोलामा कारोबार
भएको सुन आज तोलाको ५२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
आज बजारमा तेजाबी सुन तोलाको ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
२०६९ साल भदौ महिनाको अन्तिमतिर ६१ हजार ८ सय रुपैयाँमा पुगेर कारोबार
भएको सुनको मूल्य घट्दै आएर सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको
हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १ सय ६० डलर भन्दाले कमी आएपछि सुन
सस्तिएको हो । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १ हजार ५ सय ६० डलर
प्रति औंसको हारारहारीमा रहेको सुनकोमूल्य आज बिहान १ हजार ४ सय ५० को
हाराहारीमा झरेको छ ।
नेपालमा बिहेको मौसम लागेपछि बिहे गर्न लागेकालाई केही राहत मिलेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि डलरको भाउ भने मजबुत भएको छ ।

No comments:

Post a Comment