सुरेश यादव, जनकपुर, वैशाख ३- जानकी मेडिकल कलेजका संस्थापक निर्देशक
अशोक सिन्हाका निजी सहयोगी उपेन्द्र ओझामाथि गोली प्रहार भएको छ।
जनकपुर-४ स्थित सिन्हा निवासमै रहेका उपेन्द्रलाई दिउसो २:१५ बजे
मोटरसाइकलमा आएका व्यक्तिले छातीमा गोली प्रहार गरेका हुन्। उनको अवस्था
गम्भीर छ।
४५ वर्षे ओझा महोत्तरी इटर्हवा ८ का स्थायी निवासी हुन्।
मंगलबार दिउँसो सिन्हा निवासमा बाइकमा आएका अज्ञात व्यक्तिले पालेलाई
बोलाएपछि ओझा बाहिर निस्केका थिए। सोही समयमा उनीमाथि गोली प्रहार गरी
अपराधीहरु मोटरसाइकलमा भागेका थिए। गोली प्रहार हुँदाको समयमा सिन्हा भने
घरमा थिएनन्।
जनकपुरदेखि १२ किलोमिटर उत्तरमा रहेको जानकी मेडिकल कलेजका सञ्चालक
सिन्हासँग भूमिगत समूहले चन्दा माग गर्दै २ हप्ता अघि कलेजको छात्रास तथा
बसमाबम राखेको थियो। त्यसयता तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले
कलेजका संस्थापक, विद्यार्थी तथा कर्मचारीलाई आक्रमण गर्ने धम्की दिँदै
आएको थियो। मंगलबार ओझामाथि भएको आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।
छातीमा गोली लागेका उनको हाल जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
गोली छातीभित्रै रहेकाले अवस्था गम्भीर रहेको जनकपुर अञ्चल अस्पतालका
मेडिकल सुपरीटेन्डेन्ट बलराम मिश्रले बताए। सिन्हा परिवार स्रोतका अनुसार
उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।
No comments:
Post a Comment