२ बैशाख, काठमाडौं । राजधानीको दरबारमार्गस्थित अन्ना क्यासिनोबाट
ललितपुर जिल्ला प्रशासन कार्यालयका उपसचिव भवनाथ भट्टराईलाई प्रहरीले
पक्राउ गरे पनि सांग्रिला क्यासिनोमा सिने नायक भुवन केसीलाई खोज्दै
प्रहरीले छापा मारेको घटना भने तीन दिनसम्म गुपचुप छ ।
लाजिम्पाटको क्यासिनो सांगि्रलामा तीन दिनअघि नायक भुवन केसीले जुवा
खेलिरहेको खबर आएपछि तत्कालै प्रहरीको टोली त्यहाँ छापा हान्न पुगेको
थियो । तर, घटनास्थलमा पुग्दा केसी भेटिएनन् । 'कसैले केसीको नाममा
प्रहरीलाई फर्जी सूचना पो दिएको हो कि ?' अनलाइनखबरको प्रश्नमा हनुमान
ढोकाका एक प्रहरी अधिकृत भन्छन्-'जुवा खेल्दै छन् भन्ने खबर आएपछि हामी
घटनास्थलमा पुग्नै नपाई क्यासिनो सञ्चालकहरुले नै लुकाउने गरेका छन् ।'
क्यासिनोमा भूवन केसी रहेको सूचनाका आधारमा छापा मारिएको घटनाको प्रहरी
स्रोतले पुष्टि गरेको छ । यसैवीच प्रहरीले विभिन्न क्यासिनोहरुमा छापा
मार्ने क्रम तिब्र बनाएको छ । यही क्रममा अन्ना क्यासिनोमा सरकार
अधिकारीसहित केही नेपालीहरु पक्राउ परेका हुन् । त्यस्तै हायत होटलको
स्टार क्यासिनोबाट पनि केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment