रितेश त्रिपाठी, वीरगञ्ज, चैत ३१- पर्साको धोरेमा भीषण आगलागी भएको छ।
आगलागीबाट १ सय २५ घर जलिसकेको प्रहरीले जनाएको छ। पश्चिमबाट चलेको
हावासँगै लागेको आगलागी विस्तारै गाउँ नै फैलिएको स्थानीयले जानकारी दिए।
आगलागीबाट भकारीका धान, धनमाल, बाख्रालगायत जलेको स्थानीय सुरेश रामले
नागरिकन्युजलाई बताए।
वीरगञ्ज महानगरपालिका र रक्सौलबाट आएको दमकलले आगलागी नियन्त्रण गर्ने
प्रयास जारी छ। त्यस्तै स्थानीय, प्रहरीले पनि आगो निभाउने प्रयास जारी
राखेका छन्।
No comments:
Post a Comment