Saturday, April 13, 2013

भारतबाट नेपाल फर्कने दैनिक एक हजार

३१ चैत, कञ्चनपुर । नयाँ वर्ष मनाउनका लागि पश्चिमी सिमानाकागड्डाचौकी
भएर भारतबाट घर फर्कनेको सङ्ख्यामा एक सातादेखि निकै वृद्धि भएको छ ।
गहुँबाली भित्राउने र नयाँ वर्ष मनाउनका लागि मजदुरी गर्न भारतका विभिन्न
सहरमा गएका व्यक्ति फर्कने क्रम सुरु भएको हो ।
इलाका प्रहरी कार्यालय गडडाचौकीका अनुसार दैनिक एक हजारभन्दा बढीको
सङ्ख्यामा यस नाका भएर फर्कने क्रम सुरु भएको छ ।
गहुँ खेतमा छरेपछि यहाँका विपन्न समुदायका व्यक्तिहरू चार महिनाका लागि
मजदुरी र ज्यालादारीमा काम गर्नका लागि भारततर्फ जाने गर्दछन् ।
नयाँ वर्षमा परिवारसँगै मिठो मसिनो खाने र सुखदुःख साटासाट गर्ने
सुदूरपश्चिम क्षेत्रको चलन भएकाले चार महिनामा कमाएको पैसाबाट मजदुरीमा
लागेका व्यक्तिहरूले परिवारका लागि लुगाफाटोको व्यवस्थाका साथै अन्नको
जोहो गर्ने गरेका छन् ।
वर्षमा एक दिन भए पनि परिवारसँग बसेर रमाइलो गर्नका लागि मजदुरी गरी घर
फर्केको गड्डाचौकीमा भेटिएका बाजुराका नरीराम चँदाराले बताउनुभयो ।
विगतमा पहाडी जिल्लाहरूमा दैनिक चारवटाका दरले बस सञ्चालन हुँदै आएकोमा
यात्रुकोचाप बढेकाले दैनिक छ वटाका दरले बस सञ्चालन गर्ने व्यवस्था
गरिएको सेती महाकाली बस तथा मिनिबस व्यवसायी समितिका अध्यक्ष बाबुराम
शर्माले बताउनुभयो ।
भारतीय भन्सार कार्यालयका कर्मचारीहरूले भने मजदुरी गरी घर फिर्ता हुने
नेपालीहरूबाट रकम असुल्दै आएको पीडितहरूको गुनासो छ । रासस

No comments:

Post a Comment