(बर्नामा) क्वालालम्पुर । मलेसिया सरकारले यहाँ कार्यरत बिदेशी श्रमिकको
सम्बन्धित देशको विस्तृत ठेगाना, उनीहरुका आश्रति परिवारको सम्र्पक
लगायतका बिबरण तत्काल सरकारसमक्ष बुझाउन रोजगारदातालाई निर्देशन दिएको छ
।
मलेसियाको राष्ट्रिय समाचार समिति बर्नामाले जनाएअनुसार रोजदारदाताले
आफुकहाँ काम गर्ने बिदेशीकामदारको सम्बन्धित देशको विस्तृत बिबरण, आश्रति
लगायतको ठेगाना बुझाउनैपर्ने निर्देशन दिएको छ । साथै रोजगारदाताले
अनिवार्यरुपमा बिदेशी कामदारको बिमा गर्नुपर्ने पनि निर्देशन दिएको छ ।
पछिल्लो दिनमा मलेसियामा ज्यान गुमाउने बिदेशी कामदारको संख्या बढ्दै
गएपछि उनीहरुले पाउने सेवा सुबिधा सुनिश्चीत गर्न यस्तो निर्देशन दिइएको
बताइएको छ ।
बुधबार पेनिसुलर मलेसिया म्यानपावर बोर्डका महानिर्देशक मोहम्मद जेफ्री
जाओकिमले एक बिज्ञप्तिजारी गर्दै बिदेशी कामदार क्षतिपूर्ति योजना oreign
Workers Compensation Scheme (SPPA) मा अनिवार्य सहभागी हुन
रोजगारदातालाई दिर्नेशन दिनुभएको छ । बिदेशी घरेलु कामदारको हकमा भने यो
नियम तत्काल लागू हुनेछैन ।
'कामदारको आश्रति, उसको राष्ट्रियता, कामदारसँग उनीहरुको नाता, साथै उसको
घरठेगाना र सम्र्पक नम्बर लगायत सवै सूचना आबश्यक पर्नेछ' जाओकिमले
भन्नुभयो । उहाँका अनुसार अबदेखि बिदेशी कामदारको माग स्वीकृत गर्न
अध्यागमन कार्यालयमा जाँदा रोजगारदाताले अनिवार्यरुपमा इन्सुरेन्स
सुनिश्चीत गरेको हुनुपर्ने ब्यबस्था गरिएको छ ।
त्यसो नगर्ने रोजगारदातालाई कामदार क्षतिपूर्ति ऐन१९५२ को दफा २६(१)
अनुसार २० हजार रिंगेटसम्म जरिवाना र दुई बर्षसम्म कैद वा दुवै सजायँ
हुनसक्ने कानुनी ब्यबस्था रहेको बर्नामाले जनाएको छ ।
अबैधानिक बिदेशी कामदारलाई ट्रयाक गर्ने र ज्यान गुमाउने बिदेशी श्रमिकका
परिवारले पाउनुपर्ने क्षतिपूर्ति सुनिश्चीत गर्ने उदेश्यले यो
ब्यबस्थागरिएको बताइएको छ । पछिल्ला बर्षहरुमा मलेसियामा औसत बाषिर्क २
सय नेपाली कामदारले ज्यान गुमाउने गरेका छ भने त्योभन्दा बढि नेपाली
घाइते तथा अंगभंग हुने गरेका छन । कतिपयको इन्सुरेन्स नहुने र आश्रति
परिवारको पनि टुंगो नलाग्ने अबस्था हुँदा उनीहरुले कानुनले सुरक्षित
गरिदिएको क्षतिपूर्ति र रकम नपाउने गरेका छन ।
No comments:
Post a Comment