२३ फागुन, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि
थापाले आफूहरुको आन्दोलन दबाए दोस्रो जनयुद्ध गर्ने चेतावनी दिनु भएको छ
।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व
माओवादी नेता समेत रहेका थापाले प्रधानन्यायाधीश नेतृत्जको सरकार
बहिस्कार गर्ने र त्यो सरकारले गर्ने निर्वाचनमा समेत सहभागि नहुने
बताउनु भयो । मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले
योजनाबद्ध रुपमा प्रधानन्यायाधीशसको नेतृत्वको प्रस्ताव ल्याएको उहाँको
दावी थियो ।
जनआन्दोलन तेस्रो गर्ने र त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो
जनयुद्ध गर्ने चेतावनी दिदै आन्दोलन बाहेक अब अर्को निकास नभएको उहाँको
चेतावनी थियो । जनयुद्ध सुरु भए विराटनगरमा रहेको भारतीय सेनाको अखडालाई
ध्वस्त बनाएर सुरुवात गर्ने थापाको भनाई छ ।
विदेशीका एजेण्ट बनेका बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्याउने
आन्दोलनको आवश्यकता रहेको उहाँको भनाई थियो ।
No comments:
Post a Comment