किशोरी बलात्कृत भएकी छन् ।रोल्पा नुवागाउँ गाविस–४ घर भई कामका लागि
बुटवल आएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । तीन
जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत
हुन्छिन त कहिले डराउने र चिच्याउने गरेको सौर्य सहितका आजका
पत्रकपत्रिकामा खबर छ । ८ पुसमा बेलुका भएको घटना एक महिनापछि मात्र
सार्वजनिक भएको हो ।
किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल–९, दीपनगरका १७ वर्षीय
भीमबहादुर सुनार, सोही ठाउँका २३ वर्षीय रमेशथापा र स्याङ्जाको वालिङ–१
का १९ वर्षीय हरि पाठकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका
एसपी राजकुमार बैदवारले बताए ।
सौतेनी आमाको दुव्र्यवहार सहन नसकी गाउँकै एक युवाको सहयोगमा कामका लागि
बुटवल आएकी किशोरीलाई बुटवल बसपार्कमा रोकी राखेको लु १ख ३६०८ नम्बरको
बसमा लगेर तीनजनाले सामूहिक बलात्कार गरेका थिए ।
मुख थुनेर हातखुट्टा बाँधेर नियन्त्रणमा लिएर बलात्कार गरिएको पीडित
किशोरीले प्रहरीसामु बताएकी छन् । घटनाको एक महिनापछि तीनै अभियुक्तलाई
इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको हो । अभियुक्तमध्ये
सुनारलाई ८ पुसमा उसकै बयानका आधारमा, अर्का अभियुक्त थापालाई ९ पुसमा
घरैबाट पक्राउ गरेको थियो । उनीहरू पुर्पक्षका लागि थुनामा छन् । एक
महिनाको खोजतलासपछि ८ माघमा पाठकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
किशोरी बलात्कारपछि दाङ जाने गाडी चढाइदिन्छु भन्दै लैजाँदै गर्दा ८
पुसमा सुनारलाई गस्तीमा रहेको वडा प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले
पक्राउ गरेको थियो । प्रहरीको गस्ती टोली देख्नासाथ पीडित युवती चिच्याएर
बलात्कारमा परेको भन्दै गुहार मागेकी थिइन् ।
प्रहरीले लगत्तै सुनारलाई पक्राउ गरी पीडितलाई बुटवलस्थित लुम्बिनी अञ्चल
अस्पतालमा उपचारार्थ लगिएको थियो । मुख्य अभियुक्त पक्राउ नगर्दासम्म
घटनालाई प्रहरीले गोप्य राखेको बताएको छ । घटनामा संलग्न सबै पक्राउ
भएपछि मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यसमा तपाइको मत
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete