२३ भदौ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले सडकबाटै जनताको संविधान लेख्ने दावी गर्नु भएको छ ।
प्यूठान-काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रशिक्षण तथा भेलामाबैद्यले प्रमुख तीन दलका शीर्ष नेताका कारण संविधानसभा विघटन भएको भन्दैसडकबाटै जनताको संविधान लेख्ने दावी गर्नुभयो ।
उहाँले पार्टी एक रहेकै अवस्थामा प्रचण्ड-बाबुरामलाई सुधार्ने धेरै प्रयास गरेपनि असफल भएको भन्दै एमाओवादीसँग एकता हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’एमाओवादीसँग एकता महाधिवेशन हुन्छ भन्ने कुरा वाईयात हो, पार्टी कुनै सर्तमा एकता हुदैन ।’
वर्तमान सरकारले नेपाली कांग्रेस र नेकपा एमालेलाई उछिनेर एकपछि अर्को राष्ट्रघाती सम्झौता गरेको आरोप उहाँको भनाई छ । उहाँले विप्पा सम्झौतादेखि पछिल्लो पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतलाई दिने निर्णय सबै भारतीय विस्तारावादको दलाली भएको टिप्पणी गर्नुभयो।
प्रचण्ड-बाबुरामले राष्ट्रिय स्वाधिनता लगायत मुद्दा छाडेकोले नै पार्टी विभाजित भएको उहाँको भनाई थियो ।
No comments:
Post a Comment