२३ भदौ, काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत पिटर डब्लु
बोडी कार्यभार सम्हाल्न शनिबार काठमाडौं आइपुग्नु भएको छ ।
बोडीको राष्ट्रपति डा. रामवरण यादवसमक्ष सोमबार ओहदाको प्रमाणपत्र
प्रस्तुत गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको
छ ।
उहाँले काठमाडौंमा दुईपटक -सन् १९९४-१९९७ मा डेप्युटी चीफ अफ मिसनका
रुपमा र सन् १९८२-१९८४ मा सहचारीका रुपमा) र भारतको नयाँ दिल्लीमा
मिनिस्टर काउन्सेलर फोर एड्मिनिस्ट्रेटिभ अफेयर्सका रुपमा कार्य
गरिसक्नुभएको छ । नेपाल आउनु अगाडि उहाँ बग्दादस्थित अमेरिकी दूतावासमा
असिस्टेन्स ट्रान्जिशनका असिस्टेन्ट चीफ अफ मिसनका रुपमा कार्यरत
हुनुहुन्थ्यो ।
उहाँले सन् २००८ देखि २०१० सम्म मलावीका लागि अमेरिकी राजदूतको कार्यभार
सम्हाल्नुभएको थियो । त्यस अगाडि उहाँ सन् २००६ देखि २००८ सम्म
इस्लामावादस्थित अमेरिकी दूतावासमा डेप्युटी चीफ अफ मिसनका रुपमा कार्यरत
हुनुहुन्थ्यो । सन् १९८१ मा परराष्ट्र सेवामा प्रवेश गर्नुभएका राजदूत
बोडीले नेपाली भाषा समेत बोल्नुहुन्छ ।
No comments:
Post a Comment