Thursday, September 13, 2012

ललाइफकाई भारत लैजान लागेकी चेलीको उद्धार

२८ भदौ, कावासोती । ललाइफकाई भारत लैजाँदै गरेको अवस्थामा स्थानीयवासीले
नवलपरासीको मुकुन्दपुरबाट एक युवतीलाई उद्धार गरेका छन् । युवतीको उद्धार
गरी संलग्नलाई उनीहरुले इलाका प्रहरी कार्यालय गैँडाकोटमा बुझाएका छन् ।
मुकुन्दपुरकी राधिका धितालसहित तीन जना मिलेर मुकुन्दपुरकी १७ वर्षीया
युवतीलाई मोबाइलसमेत किनिदिएर भारत बेच्न लागेको भन्दै तीन संस्थाका
प्रतिनिधिले युवतीको उद्धार गरेका हुन् । महिला स्वाबलम्वन बचत तथा ऋण
सहकारी संस्था, पारालिगल गाउँ कमिटी र सामुदायिक सेवा केन्द्रले बाटोमा
ल्याउँदै गरेको अवस्थामा शङ्का लागेर केरकार गर्दा भारत लैजान लागेको
पुष्टि भएपछि प्रहरीको जिम्मा लगाइएको मुकुन्दपुरका गुप्ता रेग्मीले
बताउनुभयो ।
असारदेखि नै युवतीलाई उनीहरुले फकाउने गरेको उजुरी संस्थामा परेपछि
निगरानी गर्दा उनीहरुलाईपक्राउ गरिएको महिला स्वाबलम्वन बचत तथा ऋण
सहरकारी संस्थाकी व्यवस्थापक कौशिला धितालले बताउनुभयो । भारत बेच्न नभएर
आफन्तको होटलमा काम गर्न लैजान लागिएको अभियुक्त धितालले बताएको इलाका
प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

No comments:

Post a Comment