२८ भदौ, काठमाडौं । हिजोआज राजधानीमा सडक आसपासका घर हेर्ने हो भने कति
ठाउँमा भत्काएर बिरुप पारिएको छ । कतै त्रिपालले ढाकेर घर भत्काउने काम
भइरहेको छ त कतै मर्मतसम्भार हुँदैछ ।
दशैंको लागि घर रंगरोगन र लिपपोत गर्नुपर्ने योबेला राजधानीका धेरै
घरधनीलाई घर मर्मतको चटारो थपिएको छ । सडक विस्तार गर्ने क्रममा आसपासका
धेरै घर भत्किएका छन् । कतिपय ठाउँमा डोजर लगाएर भत्काइएको छ । कतिपयले
आफैंले भत्काएका छन् ।
कसैको सिंगो घर नै बाटोले खाएको छ । कसैको आधा, कसैको गेट र पर्खाल मात्र
। पुरै भत्काउनुपर्नेलाई त अन्तै घर बनाउनुपर्ने बाध्यता छ । धेरै चाहिँ
गेट, पर्खाल र केही चोटाकोठा भत्काएर मर्मत गर्न व्यस्त छन् ।
कतिपय घर भत्किएको र मर्मत सम्भार गर्नुपर्ने हैरानीले पिरोलिएका छन् ।
कतिलाई चाहिं कमाउने मौका पनि जुरेको छ । डकर्मी, सिकर्मी लगायतका
मजदूरलाई हिजोआज खाली हात बस्नु परेको छैन । सबैको घर मर्मत गर्नुपर्ने
समय यहीबेला जुरकाले उनीहरुलाई भ्याईनभ्याई छ । कामदारलाई जस्तै बैंकलाई
पनि यतिखेर कमाउने मौका जुरेको छ । यो मौका पहिल्याउने बैंक हो, प्राईम
बैंक ।
भत्काउने क्रममा नक्सा पास भएर बनाइएका घरलाई मात्र सरकारले थोरै मुआब्जा
दिन्छ । धेरै घरधनीले चाहिं आफ्नै खर्चमा मर्मत गरिरहेका छन् । सामान्य
मर्मतको लागि पनि सोचेको भन्दा धेरै पैसा खर्च हुन्छ । आकस्मिक रुपमा
नबनाएको ठाउँमा धेरै खर्च गर्नुपर्दा पक्कै पनि समस्या हुन्छ ।
धेरै घरधनीका यस्तै समस्या बुझेर प्राइम बैंकले नयाँ योजना ल्याएको छ ।
सडक विस्तारको क्रममा भत्कन गएका घरहरु मर्मत गर्न तत्काल आवश्यक परेको
रकमको लागि 'प्राइम घर मर्मत कर्जा' को व्यवस्था गरिएको बैंकले जनाएको छ
। बैंकका अनुसार आवश्यकता अनुसार मर्मतको शत प्रतिशत कर्जा उपलब्ध हुन्छ
। वाषिर्क १० प्रतिशत ब्याज र शून्य दशमलव २५ प्रतिशत सेवा शुल्क लाग्ने
बैंकको भनाई छ ।
कसरी लिने कर्जा ?
सम्बन्धित घरधनीले शुरुमा घर भत्किएको जानकारी र आवश्यक कागजात सहित
प्राइम बैंकमा निवेदन दिनुपर्छ । 'आवश्यक कागजात बैंकमा दाखिला भएको ५
दिनभित्र रकम उपलव्ध गराइन्छ' बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले
अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार कर्जा उपलव्ध गराउनु पहिले
इञ्जिनियरले भत्किएको घरको अवस्था र मर्मतको लागि आवश्यक पर्ने रकमको
इस्टिमेट तयार पार्छ । इञ्जिनियरले गरेको प्रस्ताव अनुसार बैंकले
सम्बन्धित घरधनीलाई कर्जा दिन्छ ।
'मर्मतको लागि कति चाहिन्छ हामी दिन्छौं' तुलाधरले भन्नुभयो -'अधिकतम एक
करोडसम्म भन्ने हाम्रो योजना हो, त्यो भन्दा बढी चाहिएमा पनि दिन सक्छौं
।' यसरी लिएको कर्जा ५ देखि २० वर्षसम्म चुक्ता गरिसक्नुपर्ने बैंकले
जनाएको छ ।
सडक विस्तारको क्रममा धेरैको घर मर्मतसम्भार गर्नुपर्ने अवस्था देखेकोले
सामाजिक कामको लागिनयाँ योजना ल्याएको बैंकको दावी छ । तर घर मर्मत
गर्नुपर्नेले सित्तैमा पैसा लिने होइनन । बिना व्याजमा पनि पाउने होइनन्
। एकैपटक धेरैले कर्जा लगेमा बैंकलाई नै फाईदा हुन्छ । यो कुरा प्राइमले
बुझ्यो । त्यसैले आकर्षक ढंगले उसले नयाँ योजना ल्याएको छ । रकम कहाँबाट
जुटाउने होला भन्ने पिरलोमा रहेका घरधनीलाई पनि ऋण नै भएपनि यो योजनाले
सजिलो बनाइदिएको छ ।
No comments:
Post a Comment