Thursday, September 13, 2012

शिक्षिकाको कुमारित्व लुटेको उजुरीपछि विद्यालय ठप्प

सोलुखुम्बु, भाद्र २८ - जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक
शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको
आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन् ।
शिक्षिका रञ्जिता बनले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार
बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय
प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले
पठनपाठन अवरुद्ध गराएका हुन् ।
घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको
छ । विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको
छलफल भए पनि कुरा नमिलेपछि थपअनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै
जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।
शिक्षक बस्नेतले भने आफूले बनमाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी
गरेका छन् । उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै
खण्डनसमेत गरेका छन् । शिक्षक/शिक्षिका दुवैलाई बुधबार साँझ जिल्ला
प्रहरी कार्यालय ल्याइपुर्‍याएको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा
हुने प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले बताए ।
विद्यालयको पठनपाठनमा थप समस्या नहोस् भनेर उनीहरूलाई सदरमुकाम झिकाइएको
प्रहरीको भनाइ रहेपनि विद्यार्थी भने घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई
कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन् ।

No comments:

Post a Comment