Saturday, September 15, 2012

प्रधानमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

अपडेट : ३० भदौ, काठमाण्डौ । जुम्लाको दलित बस्तीमा रात बिताउने गरि
काठमाण्डौंबाट जुम्लातिर लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको
हेलिकोप्टर बाँकेको राप्ती किनारमा आकस्मिक अवतरण गरेको छ । जुम्लाको
मौसम खराव भएका कारण हेलिकोप्टर आकस्मिक अबतरण गरेको बताइएको छ ।
निर्धारित रुट बदलेर चालक जुम्ला लैजाने प्रयास गरेको भएपनि सो रुटमा
समेत मौसम खराव भएपछि हेलिकोप्टर बाँकेको कचनापुरमा अबतरण गरिएको हो ।
पछि मौसममा केही सुधार आएपछि प्रधानमन्त्री चढेको हेलिकोप्टर बाँकेको
नेपालगञ्जस्थित राझा एअरपोर्टमा अवतरणमा गरिएको वताइएको छ ।
प्रधानमन्त्री नेपालगञ्जमा रहेको थ्री स्टार होल सिद्धार्थमा खाना खाएपछि
जुम्लातर्फ लाग्नेवताइएको छ । प्रत्येक महिनाको अन्तमा एक दिन जनताका
घरमा बस्ने प्रधानमन्त्रीको नियमित कार्यक्रम अन्तरगत आज उहाँ जुम्ला
जिल्लाको घना दलित बस्ती भएको तातोपानी गा.वि स मा जांदै हुनुहुन्छ ।
उहाँ आज राती तातोपानी गा वि स -१ राँका गाउँका मानसिंह सार्कीको घरमा
बाँस बस्नु हुनेछ । मानबहादुर सार्की २०६२ जेठ ५ गते तत्कालीन
राज्यपक्षले हत्या गरेकी नाबालिका सम्झना सार्कीका बाबु हुन् ।
प्रधानमन्त्री डा . बाबुराम भट्टराईसंग मुख्य सचिव लिलामणी पौडेल,
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजना
मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी,
राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य
महेन्द्र सापकोटा, प्रेसकाउन्सीलका सदस्यमनऋषि धिताल लगायत हुनुहुन्छ ।
प्रधानमन्त्री डा. भट्टराईले आज साँझ तातोपानी गा वि स -१, राँका
गाउँस्थित दलित बस्तीमा स्थानीय गणेश प्रा वि को प्राङगणमा उपस्थित भएका
सयौ जनताहरुसंग राती अबेरसम्म अन्तरक्रिया गर्नुहुने प्रधानमन्त्रीको
निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आजै मध्यान्ह जुम्ला
सदरमुकामस्थित तालिचौरमा त्यहाँका स्थानीय जनतासंग अन्तरक्रिया कार्यक्रम
पनि रहेको छ । आजै दिउँसो उहाँले कर्णाली अञ्चल अस्पताल तथा जुम्ला
बहुमुखी क्याम्पसको पनि निरिक्षण गर्नु हुनेछ । आजै प्रधानमन्त्रीले
जुम्लाका सरकारी कार्यलयहरुको निरिक्षण गर्नुहुनेछ । यसैगरि
प्रधानमन्त्रीले माओवादी कार्यकर्ताहरुलाई पनि सदरमुकाममा भेटघाटको
कार्यक्रम रहेको छ ।
भोली आइतवार विहान प्रधानमन्त्रीले जुम्लाकै लाम्रा गाउँमा भएको जनताको
स्याउ फारम तथा सेरीढुस्कामा भएको फलफुल तरकारी बिउ बिजन नर्सरी निरिक्षण
गर्नुहुनेछ । त्यस्तै ऐतिहासिकसिंजा उपत्यका र कर्णाली राजमार्गको
निरिक्षण गर्दै कालिकोट सदरमुकाममा सरकारी कर्मचारीहरुलाई सम्बोधन
गर्नुहुनेछ । आईतबार अपरान्ह प्रधानमन्त्री काठमाण्डौ आईपुग्ने कार्यक्रम
रहेको छ । यसअघि प्रधानमन्त्री जेठमा काठमाण्डौ, असारमा भक्तपुर र साउनमा
उहाँ चितवनको दुर्गम चेपाङ बस्तीमा बास बस्न र त्यहांका जनतासंग
प्रत्यक्ष भेटघाट गर्न पुग्नुभएको थियो ।

No comments:

Post a Comment