३० भदौ, काठमाण्डौ । सरकारले पूर्व राजपरिवारका नामका काठमाण्डौका
विभिन्न स्थानमा रहेका जग्गावर्षौदेखि खनजोत गर्दै आएका किसानलाई नै दिने
भएको छ ।काठमाण्डौका सतुंगल, मातातिर्थ तथा थानकोट लगायतका स्थानमा झण्डै
३ सय परिवारले पूर्व राजपरिवारका सदस्यका नाममा रहेका त्यस्ताजग्गाभोगचलन
गर्दै आएका छन् ।
नेपाल ट्रस्टको कार्यालयले यस्ता जग्गा सम्बन्धित किसानकै नाममा नामसारी
गरिदिने जनाएको छ । ट्रस्टका अनुसार थानकोटमा रहेको १०२ रोपनी,
मातातिर्थमा रहेको ५९ रोपनी तथा सतुंगलमा रहेको १ रोपनी ६ आना जग्गा
मोहीलाई दिइनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपरिवारका विभिन्न
सदस्यका नाममा रहेका विर्ता जग्गा कमाउँदै आएका किसानलाई दिने निर्णय
भएको र सरकारले बनाएको समितिको अन्तिम निर्देशन सँगै नामसारीको प्रक्रिया
सुरु हुने बताइएको छ ।
यस्ता विर्ता जग्गाहरु २०४६/४७ मा राजपरिवारका नाममा दर्ता भएका भएपनि ती
जग्गाहरु दशकौँदेखि किसानहरुले नै भोग गर्दै आएका छन् ।नेपाल ट्रस्टको
कार्यालयका सचिव श्रीधर गौतमले ट्रस्टस्थापना भएदेखि नै त्यस्ता जग्गाको
खोजी सुरु गरिएको र अहिले त्यस्ता जग्गाको स्वामित्व सम्बन्धित किसानलाई
हस्तान्तरण गर्ने निर्णय भएको बताउनुभयो । पूर्व राजा बीरेन्द्र तथा उनका
परिवारका नाममा देशभरमा गरी ६ हजार २ सय ४४ रोपनी जग्गा रहेको र गएको
वर्ष काठमाण्डौको गोकर्णमा मात्र १ हजार १ सय ७० रोपनी विर्ता जग्गा फेला
परेको ट्रस्टको भनाइ छ ।
No comments:
Post a Comment