२८ भदौ, पर्वत । पर्वतको चुहा गाविसमा निर्माण भएको तल्लो मादीखोला जलविद्युत आयोजनाले आजदेखि परीक्षण प्रसारण सुरु गर्ने भएको छ । १० मेगावाट क्षमता भएको यो आयोजना सुरु भएपछि दैनिक आधा घण्टा लोडसेडिङ कम हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
आयोजनाले आन्तरिक परीक्षण गरिसकेको र सम्झौता अनुसार परिक्षण सुचारु गर्न प्राधिकरणलाई जिम्मा दिएको आयोजनाका निर्देशक उपेन्द्रराज गौतमले जानकारी दिनुभयो ।
प्राधिकरणले दुई तीन दिनमै परीक्षणको काम सक्ने गौतमले बताउनुभयो । सम्झौता अनुसार प्राधिकरणले अयोजनालाई दैनिक १२ लाख रुपैयाँ दिने सहमति भएको छ ।
No comments:
Post a Comment