२८ भदौ, काठमाण्डौं । दैनिक ५० किलो सुन नेपालको बाटो हुँदै भारत तस्करी
भइरहेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । चीन, हङकङ, संयुक्त अरब
इमिरेट्स, सिङगापुर, कतारलगायतका देशबाट अवैध रुपमा करिव १ महिनादेखि
नेपालमा सुन आयात गरी भारतमा निकासी भईरहेको नेपाल रत्न तथा आभूषण संघका
कोषाध्यक्ष नरेन्द्रकुमार गुप्ताले बताए । ती देशबाट अवैध रुपमा सुन आयात
गरेर भारत पठाउँदा प्रतिकिलो बुधबारको मूल्य अनुसार १ लाख ८२ रुपैयाँ
फाइदा हुन्छ ।
नेपालमा अभाव भएपछि व्यवसायीहरुले प्रतिकिलो सुनमा निर्धारित मूल्यभन्दा
६ सय रुपैयाँसम्म बढी पैसा लिएर विक्री गर्ने गरेको क्रेताहरुको भनाई
उदृत गर्दै अभियान दैनिकले खबर छापेको छ ।
अवैध रुपमा भारत छिराइएको १ किलो सुन भारतीय बजारमा लगेर विक्री गर्दा
व्यवसायीहरुले ३२ लाख ३८ हजार भारतीय रुपैयाँ पाउँछन् । सो अनुसार भारतीय
बजारमा प्रतिकिलो सुनको मूल्य ५१ लाख ८० हजार ८ सय नेपाली रुपैयाँ पर्छ ।
नेपालमा भने सो परिमाणको सुनलाई ५२ लाख ८१ हजार रुपैयाँ पर्छ ।
No comments:
Post a Comment