Thursday, September 6, 2012

माछाले ज्यानै जाने भो

२१ भदौ, काठमाण्डौं । माछा खाँदै हुनुहुन्छ भने होसियार ! किनकी, माछाकै
कारण तपाईको ज्यान पनि जान सक्छ ।
लामो समयसम्म ताजा राख्न व्यापारीले माछामा अत्यधिक मात्रामा फर्मालिन
नामक विषादी राख्ने गरेकाले राजधानीबासीले माछा खाँदा एक पटक सोच्नै
पर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेसमेत व्यापारीले
माछालाई लामो समयसम्म ताजा राख्न अध्याधिक मात्रामा विषादीको प्रयोग
गर्ने गरेको पाइएको जनाएको छ । विभागले रहु माछामा गरेको अनुसन्धानबाट
त्यस्तोतथ्य फेला पारेको खबर राजधानी दैनिकले छापेको छ । विभागले
व्यापारीले हरेक जातको माछामा फर्मालिनराख्ने गरेको पनि जनाएको छ ।
विभागका अनुसार प्रतिकिलो माछामा शुन्यदशमलब २ मिलिग्राम फर्मालिन
राखिएपनि त्यसले मानव स्वास्थ्यलाई गम्भिर असर पार्छ । तर, विभागले
अनसन्धानका क्रममा एक किलोमाछामा करिब ४ दशमलब ५ मिलिग्रामसम्म फर्मालिन
फेला पारेको जनाएको छ ।
उपत्यकामा सवैभन्दा धेरै माछाको खपत हुनेगरेको छ । साथै नेपालमा भारतीय
बजारबाट ल्याइने हुँदा आउनकै लागि एक हप्ता लाग्ने र लाजा देखाउन
व्यापारीले धेरै मात्रामा फर्मालिन लगाउने गरेको व्यवसायीहरुले नै बताएका
छन् ।

No comments:

Post a Comment