२१ भदौ, काठमाण्डौं । मानव तस्करहरुले सेटिङ मिलाई त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थल (टिआइए) बाट एकै दिन एउटै उडानमा २७ जना व्यक्ति
बिना भिसा विदेश पुर्याएको भेटिएको छ ।
उनीहरुलाई विमानसम्म पुर्याउन तस्करहरुलाई टिआइएस्थित अध्यागमनका
कर्मचारीले सेटिङ मिलाएको खबर नागरिक दैनिकमा छ ।
जेठ ३१ गते कतार एयरवेजको 'क्युआर ३५५' फ्लाइटमा २७ नेपाली यसरी कतारको
दोहा पुगेका थिए । अवैधानिक रुपमा जानेहरु अधिकांशले दोहाबाट अमेरिका
पुग्ने सपना बोकेका थिए । दोहाबाट उनीहरु मध्ये केही ब्राजिलतर्फ
मोडिएभने केही युरोप र कतारमै थन्किए । टिआइएबाट विदेश जाने र र्फकनेको
जाँच तथा रेकर्ड राख्ने जिम्मेवारी पाएको अध्यागमनसँग यसरी जानेको कुनै
तथ्यांक छैन् । अध्यागनका कर्मचारीले सेटिङमा जाने सवैको राहदानीमा
डिपार्चर छाप लगाईदिएका छन् तर त्यससम्बन्धि सूचना कम्प्युटरमा राखेका
छैनन् ।अध्यागमनका कर्मचारीले सेटिङमा जाने २७ जनाको राहदानीमा हानिएको
डिपास्र्चर स्टिकरको तथ्यांक पनि कम्प्युटरमा इन्ट्रि नगरेको पाईएकोछ ।
No comments:
Post a Comment