Saturday, September 15, 2012

चोरी डकैतीमा संलग्न भएको भन्दै ७० प्रहरी कारबाहीमा

विराटनगर, भदौ ३०- पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले मोरङ
जिल्लामा कार्यरत सत्तरी प्रहरीलाई कारबाही गरेको छ। मोरङ जिल्लामा
शृङ्खलाबद्धरुपमा भएको चोरीडकैती र लुटपाटमा प्रहरीको संलग्नता देखिएको र
शान्ति सुरक्षामा समस्या देखिएपछि प्रहरीहरु कारबाहीमा परेको बताइएको छ।
अधिकांशको कारबाहीस्वरुप सरुवा गरिएको छ भने कतिपयमाथि अनुसन्धान सुरु
भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ। पूर्वाञ्चल क्षेत्रीयप्रमुख
प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाहको आदेशमा उक्त कारबाही
गरिएको हो।
अधिकांश प्रहरी एकैठाउँमा लामो समयसम्म रही चोरी डकैतीमा सहयोग गरेको र
सुराकी दिएको अनुसन्धानमा देखिएपछि जिल्ला प्रहरी कार्यालय सिआरभीसहित
प्रहरीलाई कारबाही गरिएको हो।
दुई हप्ताअघि विराटनगरका पेट्रोलियम व्यवसायी हृतेन्द्र अग्रवाल र
प्रतिष्ठित रिजाल परिवारकोघरमा तीन दिनभित्र रु ३० लाखभन्दा बढीको
डकैतीमा सिआरभी प्रहरीको नेतृत्वमा डकैती भएपछि कारबाहीगरिएको हो।
उक्त डकैती प्रकरणमा सिआरभी प्रहरी जवान गौतम माझीको नेतृत्वमा डकैती
भएको थियो। रासस

No comments:

Post a Comment