Saturday, September 15, 2012

राष्ट्रपतिलाई नजिस्क्याउन सरकारलाई ओलीको चेतावनी

३० भदौ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले काम नलाग्ने
खेस्रा अध्यादेश पठाएर राष्ट्रपतिलाई नजिस्क्याउन सरकारसँग आग्रह
गर्नुभएको छ ।
एमाले आबद्ध प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको प्रशिक्षण
कार्यक्रममा नेता ओलीले भन्नुभयो-'संवैधानिक दायरामा आˆना भूमिका निर्वाह
गरिराख्नुभएका राष्ट्रपतिलाई जिस्क्याउँदा के होला ? निदाएका बाघलाई
जिस्क्याउँदा जस्तो होला नि Û यसतर्फ एमाओवादीकोकिन ध्यान नगएको ?'
दलहरूलाई पटक-पटक राष्ट्रिय सहमति गरेर राजनीतिक निकास निकाल्न आग्रह
गरिरहेका राष्ट्रपतिलाई विवादमा तान्ने काम कहीं कतैबाट गर्न नहुने
उहाँको भनाई थियो ।
एमाओवादीको सत्ता कब्जा गर्ने सपनालाई पूरा हुन नदिने भन्दै उहाँले उसलाई
सहमतिको बाटोमा फर्काउन प्रयास गर्ने तर नमानेमा टिपेर ठेगान लगाइदिने
चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-'एमाओवादीलाई संविधानसभामार्फत
संविधान चाहिएकै रहेनछ । त्यसैले उसले संविधानसभालाई विघटन गर्‍यो र
अहिले सत्ता कब्जा गर्ने अनेक तानाबुना बुनिराखेको छ ।'
एमाले सचिव युवराज ज्ञवालीले संविधानसभालाई विघटन गर्ने अनि अहिले
संविधानसभा पुनःस्थापना गर्नुपर्‍यो भन्ने एमाओवादीको भनाइ रणनीतिक
चालमात्र भएको बताउनु भयो । रासस

No comments:

Post a Comment