Monday, September 3, 2012

'बाबुरामले सत्ता कब्जा गरिसके'

१८ भदौ,काठमाडौ । राष्ट्रिय जनशक्तिपार्टीका सह अध्यक्ष प्रकास चन्द्र
लोहनीले प्रधानमन्त्री बाबुराम भट्टराई सत्ता कब्जा गर्ने अभियानमा भएको
दावी गरका छन्। उनले प्रधानमन्त्रीले आंशिक रुपमा सत्ता कब्जा नै
गरिसकेको ठोकुवा समेत गरे । आज आयोजित एक साक्षात्कारकार्यक्रममा बोल्दै
उनले दलहरुवीच तत्काल सहमति बन्न नसके कार्तिक मसान्तसम्ममा मुलुक ठूलो
दुष्चक्रममा फस्ने चेतावनी दिदै सहमति भए निर्वाचन वा संविधानसभाको
पुनःस्थापना दुबे विकल्पमा जान सकिने स्पष्ट पारे ।
परराष्ट्र मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई जानकारी नै नदिई ईरान
भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मनमोहन सिहसँग चुपचाप एक्लै भेटेको
विषयले प्रधानमन्त्री विदेशीको शरणमा परेर आफ्नो सत्ता बचाउने उद्यत
रहेको प्रष्ट भएको दावीगर्दै उनले सँगै रहेका उपप्रधान तथा
परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले विश्वास गर्न नसकेको बताए ।उनले
भने–प्रधानमन्त्रीको विश्वास नभएका उपप्रधान तथा परराष्ट्रमन्त्री
नारायणकाजी श्रेष्ठले राजनीतिक चरित्र भए एक मिनेट पनि पदमा बस्न हुँदैन
राजिनामा दिनु पर्छ । यो परराष्ट्र मन्त्रीको अपमान हो ,बाबुराम जी
नेपालको प्रधानमन्त्री हो कि होईन भन्ने गंभिर आंशका छ ,
प्रधानमन्त्रीबाट आत्म समर्पणबादी चरित्र प्रस्तुत भयो ,यो मुलुककै
बेईज्जत हो ।

No comments:

Post a Comment