Wednesday, September 12, 2012

भैसींलाई बलात्कार गरेको आरोपमा ५ वर्ष जेल

२७ भदौ, काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त
तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको
आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ ।
राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक
व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिने
बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप
६ महिना जेल बस्नु पर्नेछ ।
फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने
बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप
लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालै फैसला आयो ।
पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख
रहेको छ । -एजेन्सीको सहयोगमा

No comments:

Post a Comment