Wednesday, September 12, 2012

कर्णाली लोकमार्ग ‘मृत्यु मार्ग’ बन्दै

२७ भदौ, नेपालगञ्ज । २८ जनाको ज्यान जाने गरी दुर्घटना भएको २४ घण्टा
नवित्दै कर्णाली राजमार्गमा जीप दुर्घटना भएको छ । लु १ ख २८२९ नम्बरको
जिप कर्णाली राजमार्ग अन्तरगत दैलेखको किट्टुभिरबाट कर्णाली नदीमा खसेको
छ । जिपमा चार जना रहेको अनुमान गरिएको छ ।
सार्वजनिक सवारी साधनको सञ्चानको लागि अनुमति दिने निकायको लापरवाही र
ट्राक मात्र खोलिएको सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा कर्णाली
राजमार्गको यात्रा असुरक्षित बनेको छ । कठिन मोड र भिरालो बाटोको कारण
सञ्चालनको ५ वर्ष नपुग्दै 'मृत्युमार्ग' उपनामले परिचित हुन थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गमा
अहिलेसम्म ८१ भन्दाबढी सवारीसाधन दुर्घटनामा परेका छन् । साँघुरो
राजमार्ग, सडक सङ्केतको अभाव तथा सवारी ऐन विपरीत गाडी चलाइएका कारण
दुर्घटना हुने क्रम बढेको छ । जुम्ला-कालिकोट सडकखण्डको कालीकोटको सिमाना
दैखोलादेखि कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म बढी दुर्घटना हुन गरेको
छ ।
२९ फागुन २०६७ मा जुम्ला कालीकोट सिमानाको नाग्मामा ट्रक दुर्घटना हुँदा
चन्दननाथ-४ जुम्लाका दीपक झाँक्री, २२ जेठ २०६८ मा कालीकोटको पिलीमा भएको
दुर्घटनामा चालक डम्बर विक, २३ जेठ २०६८ मा ट्रक दुर्घटना हुँदा गाम-४
रोल्पाका सहचालक सेते बुढाको मृत्यु भयो । चार जना घाइते भएका थिए ।
यसैगरी २०६६ चैत्र ५ गते ना ३ ख ५८६८ नम्बरको बस दुर्घटना भएर कर्णाली
नदीमा खस्दा ३१ जनाको मृत्यु हुनुको साथै १० जना गम्भीर घाईते भए ।
त्यसैगरी सोमबार राति भएको दुर्घटनामा परी २८ जनाको मृत्यु भएको छ भने ११
जना घाईते भएका छन् ।
साँघुरो र अफ्ठ्यारो सडकमा सहचालकले गाडी चलाउने, मदिरा सेवन गर्ने,
क्षमता भन्दा बढी यात्रु र समान बोक्नु, क्याबिनको सिटमा महिला राखेर
गाडी चलाउनाले पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
क्षमताभन्दा बढी यात्रु चढाउने, सामान राख्ने, यात्रु जर्बजस्ती चढ्ने,
गाडीको गति बढाउने लगायत समस्याका कारण दुर्घटनामा वृद्धि हुने गरेको छ ।

No comments:

Post a Comment