२७ भदौ, काठमाडौं । अमेरिकी एक चलचित्रमा पैगम्बर मोहम्मदको अपमान गरिएको
विरोधमा लिबियास्थित अमेरिकी दूताबासमा भएको आक्रमणमा राजदूतको मृत्यु
भएको छ ।
बीबीसीका अनुसार अमेरिकी राजदूत क्रिष्टोफर स्वीवन्सको आक्रमणमा परि
मृत्यु भएको एक बिलियाली अधिकारीहरुले बताएका छन् । यसको अमेरिकाले भने
पुष्टि गरेको छैन । अमेरिकाले आक्रमणमा आफ्ना कूटनीतिज्ञ मारिएको बताएको
छ ।
समाचार एजेन्सी रोयटर्सले भने राजदूत र अन्य तीन राजनीतिज्ञ मारिएको
बताएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको समाचारमा उल्लेख छ ।
हतियारधारीको एक समूहले बेनगाजीस्थित अमेरिकी महाबाणिज्य दूताबासमा आजगनी
गर्नुका साथै रकेट आक्रमण गरेका थिए । यस्तै इजिप्टको कायरोमा पजि अमेकिी
दूताबास अगाडी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले अमेरिकी झण्डा
च्यातेर इस्लामी झण्डा फहराएका थिए ।
अमेरिकामा नवनिर्मित एक चलचित्रमा पैगम्बर मोहम्मदको अमिान गरिएको
उनीहरुको आरोप छ । यस फिल्मको निर्मातामा कुरानको प्रति जलाउने पादरीसमेत
रहेको बताइएको छ ।
No comments:
Post a Comment