Thursday, September 13, 2012

छोरीलाई पनि अंशबण्डा

२८ भदौ, रुकुम । एक समाजसेवीले छोरा र छोरीलाई समान रुपमा अंशबण्डा
गरिदिएका छन् । जिल्लाको झुला गाविस-३ भेराखेतका खड्कबहादुर खड्काले
आफूसँग भएको जग्गा जमिन चार छोरी र एक छोरालाई समानरुपमा बाँडिदिनुभएको
हो ।
खड्काले मालपोत कार्यालयमा आएर छोरीहरू टिका केसी, हिरा केसी, भीमकुमारी
देवकोटा र निशा देवकोटाको नाममा जग्गा पास गरिदिनुभएको हो ।
छोराछोरी बराबर हुन् भन्ने मान्यताले आफूसँग भएको पैतृक सम्पत्ति
छोरीहरूलाई समेत समानरुपमाबण्डा गरिदिएर ६४ वर्षीय खड्काले सरहानीय काम
गरेको स्थानीय जनताको प्रतिक्रिया छ । रासस
यसमा तपाइको मत

No comments:

Post a Comment