बारा, भाद्र ४ - जिल्ला प्रहरी कार्यालय बाराको आपतकालिन फोन सेवाको १०० नम्बरमा ड्युटीमा बस्ने प्रहरीलाई दैनिक ज्यान मार्ने धम्की आउने गरेको छ ।
एनसेलको मोबाइल नम्बर ९८०४२०८०९७, ९८१६३५६८६७ लगायतका नम्बरबाट दैनिक यसरीज्यान मार्ने धम्की आउने गरेको प्रहरी सहायक निरीक्षकप्रदिपशंकर प्रसादले बताए । उनीहरुले प्रहरी कार्यालयमा बम विस्फोट गराउने तथा अश्लिल गालि गलौज समेत फोनमा गर्ने गरेको उनले बताए ।
एनसेलका ती नम्बरहरुबाट यसरीदैनिक धम्कि र गाली गलौजबाट आफुहरु पीडित भएको उनले दुखेसो पोखे । ड्युटीमा खट्नेका प्रसनिहरुका अनुसार,यस्ता यस्ता धम्कि र गाली खाने आफुहरुको दैनिकी भइसकेको उनले बताए । यसरी धम्कि विगत दुई साताबाट आउने गरेको उनले बताए ।
खासगरी एनसेलको मोबाइलबाट नैआम नागरिकहरुलाई फोन गरे जस्तै तिमी यति पैसा देउ नत्र तेरो हालत के हुन्छ तिमी आफै सोच यसरी उनीहरुले फोनमा भन्ने गरेको उनले बताए ।
'आम गानरिकलाई सुरक्षा दिने प्रहरीलाई नै अब ज्यान मार्ने धम्कि, कार्यालय बम विस्फोट गराउने समेत यतिखेर जिल्ला प्रहरी कार्यालय बारामा नै त्यस्तो धम्किहरु आइराखेका छन्,' उनले भने ।
हामीले माथिलो निकायलाई पटक पटक यसरी फोनमा आउने गरेको धम्कीको बारेमा जानकारी गराउँदा पनि उच्च अधिकारीहरुले बेवास्ता गर्ने गरेको बताए ।
'प्रहरीलाई यसरी धम्की आउनु सामान्य कुरो हो,' बाराका प्रहरी नायब उपरीक्षक अनुरागदिवेद्वीले भने, 'यस्तो फोनको बारेमा कत अनुसन्धान गर्ने ?'
No comments:
Post a Comment