४ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेपनि फरक बताउनु भएको छ ।
पार्टीको आयोगले छानविनका क्रममा परेका उजुरीमा कुनै प्रमाण नभेटाएको भन्दै उहाँलेअख्तियारलै छानविन गरेपनि केही नहुने बताउनु भयो । ‘घरका कुरा आए, टाबर कुरा आए तर, कुनै प्रमाण छैन, सर्वहाराबर्गको नेताको भन्दा विल्कुल केही छैन’ बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रचण्डले भन्नुभयो-’अख्तियारले हैन, अन्तराष्ट्रिय अख्तियारै आएपनि मेरो रौं हल्लिने बाला छैन ।’ उहाँले आफूलाईकमजोर बनाउन विभिन्न पक्षबाट आक्रमण भएको र उनीहरुले भ्रष्टाचारको आरोप लगाएको बताउनु भयो ।
राष्ट्रपतिले शासन हातमा नलिने विश्वास व्यक्त गर्नु भएको छ । एमालेका केही नेताहरुले राष्ट्रपतिले चाहेको भएपनि राष्ट्रपतिले यस्तो दुस्साहस नगर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो-’एमालेका केही नेताहरुले त चाहेका होलान् । तर, राष्ट्रपतिले त्यस्तो दुस्साहस गर्नु हुन्छ भन्ने विश्वास छैन ।’
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले निर्वाचन सम्वन्धी अध्यादेश अस्वीकार गर्नु ठिकनभएको तर, निर्वाचन नहुने भइसकेको अवस्थामा अतिरन्जित गर्न आवश्यक नरहेको बताउनु भयो ।
No comments:
Post a Comment