१४ भदौ, काठमाडौं । अबैध रूपमा भीओआईपी संचालन गर्ने नेपाली र बङ्गलादेशी
नागरिकलार्इ प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले धादिङ, कटुञ्जे -८ का २५
वर्षीय सबिन तामाङ, बङ्गलादेशी नागरिक नुरूल अलाम र मोहम्मद महरूल
इस्लामलार्इ बुधबार पक्राउ गरेको हो । तामाङले काठमाण्डौको मनमैंजु–८
शान्तिटोलस्थित शंख नारायण महर्जनको घरमा अबैध रूपमा भीओआईपी संचालन
गर्दै आएका थिए ।
उनलार्इ बङ्गलादेशी नागरिकद्धयले अबैध भीओआईपी संचालनका लागि आवश्यक
उपकरण र अन्य सहयोग गरेको प्रहरीले बताएको छ ।
तामाङको डेरामा छापा मार्दा ३८ थान सिमकार्ड, GOIP 8 port भएको डिभाइस ३
थान लगायतका विभिन्न प्रकारकाउपकरणहरु बरामद भएको सीआईबीले जनाएको छ ।
उनीहरूलार्इ कारवाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाईएको
छ ।
सीआईबीले हालसम्म ४९ स्थानमा अबैध भीओआईपी बिरुद्ध अप्रेशन संचालन गरी
स्वदेशी ६३ जना र बिदेशी १६ जना गरी ७९ जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरूबाट अत्याधुनिक उपकरणहरु सहित १५ हजार ४ सय ५ थान बिभिन्न दुर
संचार कम्पनिहरुका सिमकार्ड समेत बरामद भएको छ ।
पक्राउ अभियुक्तहरुबिरुद्ध ९ अर्ब ८८ करोड ६९ लाख ७९ हजार २ सय १५
रूपैयाँ ४६ पैसाको बिगो मागदावी लिई मुद्धा दायर गरिसकेको सीआईबीले
जनाएको छ ।
No comments:
Post a Comment