Tuesday, August 21, 2012

आक्रमणको त्रासले मुम्बईका नेपाली पलायन हुँदै

५ भदौ, काठमाण्डौ । भारतको कर्नाटक राज्यको राजधानी वैंग्लोरमा आक्रमणको हल्ला फैलिएपछि मुम्बईमा रहेका नेपाली कामदारहरु धमाधम घर फर्किन थालेका छन् ।
भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाका अनुसार आइतवारमात्र करिव ३ सय नेपाली मुम्बईबाट बिहारतर्फ लागेका छन् । बिहार हुँदै उनीहरु नेपाल फर्किनेछन् । नेपालीहरुको अनुहार उत्तरपूर्वी क्षेत्रका भारतीय नागरिकसँग मिल्ने र सोही आधारमा आफुहरुमाथि आक्रमण हुनसक्ने भन्दै नेपालीहरु पलायन भइरहेको पत्रिकाले जनाएको छ ।
नेपाली कामदारहरु पलायन हुन उनीहरु कार्यरत मुम्बई होटल, रेष्टुँरा तथा अन्य ब्यबसाय बन्द हुन थालेका छन् । रोजगारदाताले आसाम हिंसाका कारण नेपालीहरुमाथि कुनैपनि आक्रमण नहुने भन्दैआश्वस्त पार्न प्रयास गरेपनि नेपाली र आसामी उस्तै देखिने भएकाले खतरा रहेको भन्दै देश फर्किएको वताइएको छ ।
यसैवीच सोमबारमात्र महेन्द्रनगरको गड्डाचौकी हुँदै करिव एक सय नेपाली कामदार र बिद्यार्थी नेपाल फर्किएका छन् । आक्रमणको हल्लासँगै पछिल्ला तीन दिनमा नेपाल ती क्षेत्रबाट नेपाल फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । फर्किने कामदारहरुले त्यहाँको अबस्था त्रासपूर्ण रहेको र सुरक्षित नहुने देखेपछि फर्किएको बताए ।
यसअघि वैंग्लोरमा रहेका नेपाली बिद्यार्थीहरुले पनि आफुहरुमाथि आक्रमणको प्रयास भएको भन्दै नेपाल फर्किने वातावरण मिलाउन नेपाल सरकारसँग आग्रह गरेका थिए । तर दिल्लीस्थित नेपाली दूतावासले भने आक्रमणको हल्ला अफवाहमात्र भएको वताउँदै आएको छ ।
आत्तिनु पर्दैनः परराष्ट्र
यसैवीच नेपालको परराष्ट्र मन्त्रालयले हल्ला भएजस्तो अबस्था नबिग्रेको बताउँदै नआत्तिन र अनाबश्यक दौडधुप नगर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले नेपाली नागरिकको सुरक्षाका लागि भारतसँगआग्रह गरिएको जानकारी दिनुभयो । ‘हाम्रो दिल्लीस्थित मिसनले स्थीतिको मुल्याङ्कन गरिरहेको छ’- थापाले भन्नुभयो- अहिलेसम्म नेपालीमाथि आक्रमण भएको छैन् ।’
सावधानी अपनाउँदै नेपाली भएको परिचयपत्र बोकेर हिडेमा केही फरक नपर्ने थापाले बताउनुभयो । नेपालीमाथि आक्रमण लक्षित नभएको भन्दै थापाले बिद्यार्थी तथा कामदारहरुलाई समुहमा हिड्न र परिचयपत्र अनिवार्य रुपमा बोक्न सुझाव दिनुभयो ।

No comments:

Post a Comment