Tuesday, August 21, 2012

बेग्ला बेग्लै माग राखेर दाङ र प्युठान बन्द

५ भदौ, काठमाण्डौं । बेग्ला बेग्लै माग रोखेर नेपाली काँग्रेस सम्बद्ध युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेविर्सघले दाङ र प्युठान बन्द आव्हान गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले पूर्वाग्रही रुपमा भ्रष्टाचारी ठहर गरेको आरोप लगाउदै दाङ जिल्ला वन्दको आहृवान गरिएको हो ।
नेपाल विद्यार्थी संघ र तरुण दलले सर्वोच्च अदालतको फैसला पूनर्विचार गरिनुपर्ने माग राख्दै जिल्ला वन्दको आहृवान गरेका हुन् । वन्दका कारण दाङका प्रमुख बजार तुलसीपुर, घोराही लमही, भालुवाङ्ग र गढवा वन्द भएका छन् । वन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दका कारण पूर्व पश्चिमराजमार्गमा चल्ने सवारी साधन पूर्वमा भालुवाङ र पश्चिममा अर्जुनखोलामा रोकिएका छन् । विहान पाँच बजेदेखि साँझ पाँच वजेसम्म वन्द यथावत रहने नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापती कुमार घिमिरले जानकारी दिनु भएको छ ।
यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारको राजीनामाको माग गर्दै नेपाल तरुण दल प्यूठानले जिल्ला बन्दको आहृवान गरेको छ । बन्दले विहानैदेखि जिल्ला बाहिरिने यातायातकासाधन नछुटेको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानले जनाएको छ ।
बन्दका कारण विहान संचालन हुने क्याम्पसहरुका विद्यार्थीहरु बढि प्रभावित भएका छन् । तरुण दलका कार्यकर्ताहरु बजार क्षेत्र, शैक्षिक संस्था बन्द गराउँदै हिँडेका छन् । सत्ता कब्जा गर्ने गलत मनसायले नेपाली जनता माथि कुठाराघात गर्ने राष्ट्रघाति सरकारको कुनै हैसियत नभएको भन्दै बन्द आवहृान गरिएको तरुण दल प्यूठानका कार्यवाहक अध्यक्ष माधव भण्डारीले बताउनुभयो ।

No comments:

Post a Comment