Tuesday, August 21, 2012

एसपीले नै मेरो हत्याको षड्यन्त्र गरे : पूर्वमन्त्री यादव

मिथिलेश यादव, लहान, भदौ ५ - सत्ता घटक मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का वरिष्ठ नेता राजलाल यादवले सिरहाका प्रहरी प्रमुख एसपी राजेशलाल कर्णले आफ्नो हत्याको षड्यन्त्र गरेकोआरोप लगाएका छन्।
मंगलबार बिहान लहानस्थित सडक विभागको गेस्ट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'गएराति आफ्नो सुरक्षा गार्ड अशोक यादवलाई वडा प्रहरी कार्यालय लहानमा बोलाएर आफ्नो हत्या गराउने योजना बनाएका थिए।'
'केन्द्रीय सुरक्षा समितिले उपलब्ध गराएको सुरक्षा गार्ड अशोक यादवलाई झिकाएर एसपी कर्णले नै हत्या गराउने प्रयास गर्‍यो। राती साढे १० बजे सुरक्षा गार्ड यादवलाई एसपी कर्णले वडा प्रहरी कार्यालय लहान झिकायो,' पूर्वमन्त्री यादवले भने, 'हत्याको त्रासले अब जिल्ला बस्नै गाह्रो भयो। यहाँका कार्यकर्तालाई फोन गरेर बोलाए र त्रासमा रात काटे।'
आफू सिरहामा भएका अपराधिक घटनाहरुको सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही गराउन लागेकै कारण एसपी कर्णले हत्या गराउँने प्रयास गरेको दाबी गरे। 'सिरहामा घटेका अधिकांस अपराधिक घटनामा प्रहरीकै संलग्नता देखिन्छ,' उनले भने, 'त्यसैले एसपी कर्णले छानविन नहोस् भनेर ममाथि जाइलागेको हो।'
डरका कारण आजै काठमाडौं फिर्ता जाने भन्दै एसपी कर्णको सरुवा नभएसम्म जिल्ला नफर्किने बताए । उनले भने, 'म माथि हत्याको योजना बनाउने घटनाको छानविन हुनुपर्छ।'

No comments:

Post a Comment