५ भदौ, काठमाण्डौं । ‘आई लभ यु,पापा, मामु एन्ड बुजु-भाई) !’
फिलिपिन्समा पाइलट कोर्स गरिरहेका छोरा क्षितिजले शनिबार साँझ बुबा टेकबहादुर चन्दलाई एसएमएस गरेका थिए । मोवाइलमा टेक्स झरेको दुई मिनेटमै फिलिपिन्सको मासावातेमा जहाज दुर्घटना भयो । त्यहाँका गृहमन्त्री सवार विमानका कोपाइलट क्षितिज समुन्द्रकै विताए । सातसमुन्द्र पार रहेपनि छोरासँग दिनहुँ सम्पर्कमा रहने काठमाण्डौंका तीनकुनेका चन्दले एसएमएसमा कुनै अनिष्ठको संकेत पाएका थिएनन् । त्यसको २४ घन्टा नवित्दै फिलिपिन्सबाट आइतबार विहानै आएको फोनले उनको होस उडायो । क्षितिजका साथीले फोनबाट बज्रपातको खबर दिएका थिए ।
‘आइतबार विहानमात्रै थाहा पायौं,’ क्षितिजका सानोबुवा उमेश सिंहले भने ‘एसएमएस प्राप्त भएको समय र जहाज दुर्घटना भएको समयबीच दुई मिनेटकोमात्रै अन्तर रहेको छ । फिलिपिन्सको राजधानी मनिलाबाट करिव ३ सय ८० किलोमिटर दक्षिणपूर्वी क्षेत्र मासावातेमा भएको दुर्घटनामा वेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको गृहनगर नागा पुगेर र्फकदै गरेको छसिटे पाइपर सेनेका जहाज किनाराबाट एक किलोमिटर समुन्द्रमा दुर्घटना भएको खबर नागरिक दैनिकले छापेको छ । मन्त्रीका अंगरक्षक भने पौडेर बाँच्न सफल भएका छन् । उनलाई माझिले उद्दार गरेका थिए ।
घटना थाहा पाए लगत्तै फिलिपिन्स गएका क्षितिजका बुवा टेकबहादुर सोमबार घटनास्थलमा पुगेका छन् । अभ्यासका क्रममा रहेका क्षितिजको उक्त दिन ड्युटि नभएपनि उनका साथी विरामी भएकाले उनले साथीलाई सहयोग गर्न गएका थिए ।
No comments:
Post a Comment