रुसको पूर्वी क्षेत्रमा महाभूकम्प गएको छ। अमेरिकी भूगर्भ संस्थाले नेपाली समय अनुसार पौने ९ बजे गएको भूकम्पको तीव्रता ७.३ म्याग्निच्युडको रहेको बताएको छ। भूकम्पबाट भएको क्षतिबारे विवरण आउन बाँकी छ। भूकम्पको केन्द्र पृथ्वीको सतहभन्दा करिब ५८० किलोमिटर तल रहेको बताइएको छ। उत्तरी जापाननजिकै रहेको रुसी तटीय क्षेत्रमा भूकम्पको केन्द्रबिन्दू भएपनि सुनामीको चेतावनी जारी गरिएको छैन।
यसअघि शनिबार इरानमा गएको भूकम्पबाट मर्नेको संख्या ३ सय पुगेको हिजो त्यहाँको सरकारले आधिकारिक रुपमा बताएको थियो।
No comments:
Post a Comment