२७ साउन, काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारको नाममा रहेको करिव साढे आठ लाख रुपैयाँ बराबरको बेरुजु मन्त्रि परिषद्ले मिनाहा गरेको छ । १६ बर्ष अघि मन्त्री हुँदा गच्छादारले उपचार खर्चको नाममा लिएको बेरुजु रकम मिनाहा गरिएको हो । साउन १२ गते बसेको मन्त्रिपरिषद्ले बेरुजु मिनाहा गर्ने निर्णय गरेपनि निर्णय भने गोप्य राखिएको खबर नयाँ पत्रिका दैनिकमा छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विगतमा नियमविपरीत रकम लगेकाहरुलाई पत्र काटेर बुझाउन निर्देशन जारी गर्दै आएको छ । तर, उपप्रधानमन्त्री गच्छादारको नाममा रहेको त्यस्तै प्रकृतिको आठ लाख ४८ हजार तीनसय ५० रुपैयाँ बेरुजु मिनाहा गर्ने निर्णय भएको हो ।
मन्त्रिपरिषदले बेरुजुसम्बन्धी प्रस्तावमा लेखिए बमोजिम गर्ने भन्दै अमुक किसिमले मिनाहाको प्रस्ताव पारित गरेको छ । गच्छादारले ०५३ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा उपचारखर्चको नाममा सो रकम लिएका थिए । महालेखाले ०५४ सालमा गरेको लेखा परीक्षणमा उनले नियम विपरीत रकम लिएको ठहर गर्दै बरुजु राखेको थियो ।
No comments:
Post a Comment