काठमाडौ, भाद्र ४ - माओवादीका महासचिव रामबहादुर थापा ले एमाओवादीले आफूहरुसँग अलग भएको चाबी दिल्लीमा लगेर बुझाएको आरोप लगाएका छन् ।
चितवनको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारी मुल इकाइ समितिले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले प्रचण्डहरु घर छाडेर गएका र आफूहरु घरमै भएकाले दिल्लीमा बुझाएको चाबी फिर्ता ल्याउनु पर्ने बताए ।
'प्रचण्डहरुले चाबी चोरेर दिल्लीमा लगेर बुझाए,' विद्यार्थीकाबीच बादलले भने,'त्यही भएर दिल्लीलाई बुझाएको चाबी फिर्ता ल्याउनु पर्छ ।' उनले आफूहरु पार्टीको जिम्मेवारीबाट अलग भएको र राष्ट्रको मुक्तिका लागि संधै लडी रहने उद्घोष गरे । अधिकांश समय एमाओवादीलाई गाली गर्न खर्चिएका थापाले अहिले माओवादी फिल्मको जोकर बनेको बताए ।
'पहिला माओवादी फिल्मका नायक नायिका जस्तै थिए, गुण्डाको प्रतिकार गर्थे,उनीहरुलाई हेर्न सबैकोभिड लाग्ने गथ्र्यो,' एमाओवादी प्रति ब्यँग गर्दैथापाले भने,'अहिले त फिल्मको खलनायक र जोकर बनी गुण्डाहरुको उल्टै संरक्षण गर्न थाले ।' माओवादीको बोलीको ठेगान समेत नभएकाले बिहान एउटा र बेलुका अर्कै बोल्ने गरेको उनको आरोप थियो।
बाबुराम सरकारले बिप्पा संझौतासँगै भारतीय कम्पनीलाई विमानस्थल मर्मत गर्न दिने संझौता राष्ट्रघाती भएको उनले टिप्पणी गरे । बादलले पौषमा हुने महाधिवेशनमा घर छाडेर गएकाहरु पश्चताप गरी घर फर्किन आग्रह गरे ।
No comments:
Post a Comment