Monday, August 20, 2012

कोरियामा नेपालीबाटै पीडित छन् नेपाली

४ भदौ, सउल सउल । रोजगारका लागि कोरिया आएका नेपालीहरुले आफुहरु नेपालीबाटै पीडित हुने गरेको बताएका छन् । कोरियाको छनानमा आइतबार ‘कोरिया सन्देश’ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले यस्तो वताएका हुन् । कोरियाको ईन्छमा मानवअधिकार फांटमा नेपाली भाषा अनुबादकको काम गर्दै आएका राजु कार्कीवाट आफुहरु पीडित भएको सहभागिहरुले बताएका छन् ।
कार्कीबाट पीडित हुनेहरुमा कोरियाको ख्यङ्गी,ओईदोस्थित सिन्याङ फोजाङ मुलरु (जु) कम्पनिमा कार्यरथ पांचथरका भूमि न्यौपाने र खोटाङ्गका डिबि राई लगायतका रहेका छन् । कार्कीले साहुसँगै मिलि आफुहरुलाई मानसिक दबाब दिएको पीडितले बताएका छन् ।’कम्पनीले काम र दाम दुवै नदिएको अवस्थामा हामी बिचल्लिमा परेका थियौ । साहुलाई कि काम देऊ कि अन्त जान देऊ भन्दा साउँले हामीलाई हातपात गर्‍यो ।’ भन्ने कुरा कार्कीलाई जानकरी गराउँदा साहुकै भाषामा गाली गर्दै पुलिस रिपोर्ट लिएर आइज भने, पांचथरका भूमि न्यौपाने भन्छन् । न्यौपानेले अगाडि भने नियुनतम सेवा सुविधा सम्म नभएको उक्त कम्पनिमा बस्ने कोठाको पैसा हाम्रो तलबबाट काट्न कार्कीले साहुलाई उक्साएका थिए ।
यसैगरी अर्का पीडित खोटाङ्का डीबी राईले कम्पनीमा काम नभएपछि कम्पनी परिवर्तनको चिठ्ठी रोजगार केन्द्रमा पाठाईदिने मालिकले आश्वाशन दिएपनि कार्कीकै निर्देशनमा अवैधानिक भएको परिपत्र रोजगार केन्द्रलाई पठाइ दिएको दुखेसो गरे । उनले भने, अवैधानिक भएको परिपत्र रोजगार केन्द्रलाई पठाई दिएपछि चालिस दिनको अदालती मुद्धापछि आफूहरु वैधानिक भएको वताए । मानव अधिकारको क्षेत्रमा रहेका नेपालीको साहाराको माग गर्दा उनीहरूबाटै पीडित हुनु दुखद भएको राईको भनाई थियो ।
कार्यक्रममा सहभागीहरुले कोरियामा बढ्दै गएको साहु र केही नेपालीहरूको अपबित्र सम्वन्धले पीडित नेपालीहरूको संख्या वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । चिन्ता व्यक्त गर्ने सहभागिहरुमा नन्द काम्बाङ्ग, राजु सन्तोषि थापा,दिनेश बिक, बाशु टण्डन लगायत दर्जन बढी संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण थिए ।

No comments:

Post a Comment