Friday, August 10, 2012

५ डीएसपीसहित ४ सय प्रहरी कारबाहीमा

आचरण विपरीत काम गरेको अभियोगमा उपत्यकाका तीन जिल्लामा झण्डै ४ सय प्रहरीमाथि कारबाही भएको छ । पदीय मर्यादा विपरीत अनुशासनहीन काम गरेको पाएपछिमहानगरीय प्रहरी आयुक्तको कार्यलयले उनीहरुमाथि कारबाही गरेको हो ।
आयुक्त कार्यालयको एक बर्षकोआन्तरिक तथ्यांक अनुसार प्रहरी नियमावली र आचरण विपरीत काम गरेका कारण तीन सय ९३ प्रहरीमाथि कारबाही गरिएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
आचरण विपरीत काम गरी कारबाहीको भागिदार बन्नेमा पाँचजना प्रहरी नायब उपरीक्षक (डीएपी), नौ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), २५ जना प्रहरी नायव निरीक्षक (सई) र ३२ जना प्रहरी साहायक निरीक्षक (असई) रहेका छन् ।
त्यसैगरी ८२ जना हवल्दार, २ सय ३८ जना जवान र २ जना परिचर कारबाहीमा परेका हुन् । कारबाहीको भागिदार बनिसकेको भन्दै उनीहरुको नाम भने गोप्य राखिएको छ । प्रहरी नियमावली विपरीत काम गरेकालेउनीहरुलाई कारबाही गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी बरिष्ट उपरीक्षक पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment