२६ साउन, काठमाण्डौं । बोक्सोको आरोपमा कुटपिट गर्दै गाउँबाट लखेटेपछि काभ्रेको शिखर आम्बोट गाविसको एक परिवार विस्थापितभएको छ । गाउँकै पोते लामा र उनका छोरा सार्कीमानले कुटपिट गरी गाउँ बस्न नदिएपछि आम्बोटे ३ का ६५ बषिर्य सूर्यमान लामाले परिवार नै लिएर गाउँ छोडेका छन् । उनको परिवार अहिले सदरमुकाममा बसेर गुजारा चलाईरहेको छ ।
‘हामी खेतमा काम गरिरहेका थियौं’ उनले रुदैँ भने, ‘पोते र सार्कीमानले तँ बोक्सो होस् । मेरो भैंसीलाई भेद लगाई विरामी बनाईस भन्दै मलाई र छोरा बुहारीलाई पनि कुटें ।’ गत असार २६ गते कुटपिट गरेपछि तुरुन्तै गाउँ नछोडे र अन्त कतै उजुरी गरे ज्यान मार्ने धम्की दिएको उनले बताए । ‘त्यसपछि गाउँ छोडेर हिड्यौं,’ उनले भने । गाउँबाट विस्थापित भएको उनको परिवार धुलिखेलमा सहयोगको लागि हात फैलाउँदै हिडिरहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
पोतका बाबु देवानसिंह तत्कालीन गाउँ पञ्चायतका वडाध्यक्ष हुँदा २०३१ सालमा सूर्यमानले ७ सय रुपैयाँ सापटी लिएका थिए । रकम लिएपछि देवानले सूर्यमानको घरबारी कब्जा गरे । त्यही पैसा तिर्न उनी देवानको घरमा २० बर्षसम्म हलि बसेका थिए । श्रीमती पनि उनीहरुकै घरमा लुगा धुने, खाना पकाउने लगायतका काम गर्ने गरेकी थिईन् ।
No comments:
Post a Comment