काठमाडौँ, असार ३०- एकीकृत माओवादीका नेता-कार्यकर्ताहरु भावी कार्यदिशा तय गर्न राजधानीको भृकुटीमण्डपमा विस्तारित बैठक बसिरहेका बेला पार्टीबाट आफ्ना समर्थकहरुसहित अलग भएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य भने चीनमा हुनेछन्। चिनियाँ उपविदेश मन्त्री आइ पिङको निम्तोमा उनी भोलि १० दिने चीन भ्रमणका लागि जाँदैछन्।
चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष वैद्य त्यसतर्फ प्रस्थान गर्न लागेको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। अध्यक्ष वैद्यका साथमा पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल पनि जानुहुने भुसालले जानकारी दिइन्।
भ्रमणका क्रममा चिनियाँ सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणले दुई पार्टीको बीचको सम्बन्ध र दुई देशका जनतामा सम्बन्ध वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता भुसालले बताइन्। रासस
No comments:
Post a Comment