कमल थापा, रुकुम, साउन २- बहुमूल्य हिमाली वुटी ४ केजी यार्सागुम्वा सहित २ जना पक्राउ परेका छन्। रुकुम सदरमुकाम खलंगावाट काठमाडौं लाँदै गर्दा झूलनेटा बजारबट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहमा रुकुम प्वांग गाविस-९ का २२ वर्षीय लजिम रोका र जांग गाविस-६ का ३२ वर्षीय फत्तेजंग मल्ल छन्। विना पुर्जी र राजश्व नतिरेको भन्दै उनिहरुलाई पक्राउ गरिएको हो। विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएकोरुकुमका प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिए। यार्सागुम्वा संकलनको लागि जिल्लावन कार्यालयमा १० हजार र जिल्ला विकास समितिमा २ हजार प्रतिकेजी राजश्व तिर्नुपर्छ। राजश्व नतिरेममा यो अवैध हुन्छ। उनिहरुले यस्तो कुनै राजश्व नदिएको पाइएकोले पक्राउ गरिएको डिएसपी थापाले बताए।
यस वर्ष यार्सागुम्वा प्रतिकेजी २४ देखि २५ लाख सम्ममा बिक्री भएको छ । यार्सागुम्वा गत वर्ष भन्दा कम पाइएकोले यसको मूल्य र माग बढेको छ । पक्राउ गरिएको यार्सागुम्वा सहित ओसारपसारमा संलग्न दुवै युवाहरुलाई मंगलबार वन कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ। उनिहरुलाई सोमबार साँझ पक्राउ गरिएको हो। ‘सरकारलाई कर छली गरी ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउगरेको हो।' डिएसपी थापाले भने, ‘पक्राउ पश्चात जिल्ला वन कार्यालयमा बुझाएका छौं।'
No comments:
Post a Comment