Tuesday, July 24, 2012

सरकार ढाल्न कङ्ग्रेस-एमाले नेताको वार्ता बल्खुमा

काठमाडौँ, साउन ९ (नागरिक)- कङ्ग्रेस र एमालेका शीर्ष नेताहरुले एमालेको बल्खुस्थित मुख्य कार्यालयमा सरकार ढाल्ने विषयमा आवश्यक रणनीति बनाउन वार्ता थालेका छन्।
निर्वाचन आयोगले मंसिरमा निर्वाचन गर्नका लागि आवश्यक कानुन संशोधन गर्न दिएको साउन ७ को म्याद सकिएको दुई दिन भइसक्दा पनि त्यससम्बन्धमा केही प्रगति भएको छैन। सरकारले अध्यादेशबाट कानुन संशोधन गर्न सक्ने भए पनि यसको तयारी गरेको छैन।
विपक्षीहरुले यसअघि साउन ७ को म्याद सकिएपछि राष्ट्रपतिले सहमतिको सरकार बनाउन आह्वान गर्नेभाषण गरेका भए पनि राष्ट्रपतिले पनि यस विषयमा कुनै कदम चाल्ने संकेत देखाएका छैनन।
यस्तो अवस्थामा आगामी रणनीति बनाउन प्रमुख दुई विपक्षी दल वार्तामा जुटेका हुन्।
नागरिकन्युज संवाददाता मणि दाहालका अनुसार वार्तामा एमालेबाट अध्यक्ष झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव नेपाल लगायतका नेताहरु छन्।कङ्ग्रेसबाट सभापति सुशील कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह र रामशरण महत छन्।

No comments:

Post a Comment